+

कांग्रेसको अभिमुखीकरण कार्यक्रम शुरु

पोखरा । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा पोखरामा पार्टीको प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि सङ्गठन र समसामयिक सन्दर्भमा आयोजित अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

 
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गर्नुभयो ।  
 
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको व्यवस्थापनमा भएको कार्यक्रममा सातवटै प्रदेशका सभापति, प्रशिक्षण विभाग प्रमुख, पार्टीका केन्द्रीय पदाधिकारी एवं कास्कीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश समितिका पदाधिकारी सहभागी रहनुभएको गण्डकी प्रदेश प्रचार–प्रसार उपसमितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट