+

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश भएको छ ।


बैठकमा विधयान व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले विधेयक पेश गर्नुभएको हो । राष्ट्रियसभामा उत्पत्ति भएको विधेयकमा दफाबार छलफलका लागि समितिमा पठाइएको थियो ।
       
विधेयकमा २९ जना सांसदले ७१ वटा संशोधन प्रस्ताव गर्नुभएको थियो । सभापति दाहालले विधेयकमा संशोधनसहित विज्ञहरुबाट सुझाव लिइएको र विधेयकको उद्देश्य आँखा स्वास्थ्य सेवामा पहुँच वृद्धि, आँखाका क्षेत्रमा नयाँ प्रविधिको विकास गर्न, गुणस्तरीय सेवा प्रदान गर्ने र सार्वजनिक विश्वविद्यालय सञ्चालन गर्ने रहेको सदनलाई जानकारी गराउनुभयो । 

समितिले माघ १५ गते विधेयक समितिबाट पारित गरेको थियो । राष्ट्रियसभा अर्को बैठक माघ २४ गते बिहीबार १ः१५ बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट