
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै धर्म, संस्कृति समुदायबीचको आपसी सहयोग, सहकार्य, एकता र सद्भावले मात्र समृद्धि हासिल गर्न सकिने बताउनु भएको छ ।
मुख्यमन्त्री कार्कीले तामाङ समुदायको महान चाड सोनाम ल्होसार तथा मञ्जुश्री संवत् २८६१ को अवसरमा आज शुभकामना दिँदै नेपाली बीचको एकता र सद्भाव बढाउन हाम्रा चाडपर्वले सहयोग पु(याउने विश्वास व्यक्त गर्नुभयो ।
बहुभाषी, बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक नेपालमा मनाइने चाडपर्वले सामाजिक विविधता झल्काउने उल्लेख गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमाफत मुलुकका सबै जातजाति, धर्म र संस्कृतिको सम्मान, संरक्षण तथा सम्वर्द्धन गर्न सम्भव भएको हो भन्नुभयो ।
कोशी प्रदेश सरकारले सबै समुदायको पहिचानलाई स्थापित गरी सुखी र समुत्रत प्रदेशका पक्षमा काम गरिहेको बताउँदै देशको समृद्धि, स्थायित्व र सामाजिक न्यायको यात्रामा तामाङ समुदायको अतुलनीय योगदान रहेको शुभकामना सन्देशमा उल्लेख छ ।
मुख्यमन्त्री कार्कीले सोनाम ल्होसारले सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धिसहित आपसी सद्भाव र भ्रातृत्वको भावना बढाओस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा