+

‘सामाजिक सद्भाव कायम गर्न सबैलाई प्रेरणा मिलोस्’

काठमाडौँ ।  सभामुख देवराज घिमिरेले सोनाम ल्होसार आपसी एकता, मेलमिलाप र सामाजिक सद्भाव कायम गर्न प्रेरणाप्रद बनोस् भन्ने कामना  गर्नुभएको छ ।

सोनाम ल्होसारका अवसरमा आज जारी शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण  सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको हो । 

‘नेपाल बहुसांस्कृतिक राष्ट्र हो, जहाँ हरेक जातजातिका चाडपर्वले नेपाली समाजलाई समृद्ध बनाएका छन्’ शुभकामना सन्देशमा भनिएको छ– ‘ल्होसारजस्ता पर्वहरूले विविध नेपाली समुदायहरूबीचको आपसी एकता र समन्वयलाई बलियो बनाउने अवसर प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट