+

अध्यक्ष नेपालद्वारा अमर शहीदहरूप्रति श्रद्धाञ्जली

काठमाडौँ ।  पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जीवन उत्सर्ग गर्नुभएका अमर शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।


शहीद दिवसका सन्दर्भमा आज  विज्ञप्ति निकालेर उहाँले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो प्राण आहुति गर्नुभएका सम्पूर्ण ज्ञातअज्ञात अमर शहीदहरूप्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको हो ।

विज्ञप्तिमा अध्यक्ष नेपालले सामाजिक न्यायसहितको समतामूलक र सभ्य समाज निर्माण गर्ने सहिदको आकाङ्क्षालाई साकार बनाउन सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय लाग्नुपर्नेमा जोड दिँदै देशमा स्वाधीन एवं स्वावलम्बी अर्थतन्त्र निर्माण गर्न सकेमा शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट