+

शहीदहरूको बलिदानको कदर गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र स्थापनाका लागि बलिदान दिने शहीदहरूप्रति श्रद्धसुमन व्यक्त गर्नुभएको छ । 


शहीद दिवसका अवसरमा सामाजिक सञ्जाल एक्समार्फत पूर्वराष्ट्रपति भण्डारीले निरङ्कुश राणा शासनको अन्त्यका लागि जीवन उत्सर्ग गर्नुभएका शुक्रराज शास्त्री, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र धर्मभक्त माथेमा लगायत सम्पूर्ण ज्ञातअज्ञात  शहीदहरूको योगदान अमर रहेको बताउनुभएको छ ।

‘शहीद दिवसमा  शहीदहरूको बलिदान र योगदानको कदर गर्दै राष्ट्र निर्माणमा लाग्न र  शहीदहरूको सपनालाई साकार बनाउन सम्पूर्ण राजनीतिक दलका नेतृत्व, नागरिक समाज लगायत सम्पूर्णमा प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएकी छु’ एक्समा उहाँले लेख्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट