+

उपलब्धिको रक्षा गर्दै समृद्धितर्फ अघि बढ्नुपर्छ : प्रमुख सुवेदी

धनुषा ।  मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्राप्त उपलब्धिको संरक्षण गर्दै मुलुकमा स्थायी शान्ति र समृद्धिको बाटोमा अघि बढ्नसकेमा सहिदप्रतिको सच्चा सम्मान हुने बताउनुभएको छ ।


आज शहीद दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै उहाँले मुलुकमा राजनीतिक परिवर्तन लोकतन्त्र स्थापनाका लागि ठूला–ठूला आन्दोलन भएका र यस क्रममा धेरै नेपाली नागरिकले बलिदानी दिनुभएको उल्लेख गर्नुभएको छ । यसरी प्राप्त उपलब्धि बचाएर देशलाई समृद्धिको बाटोमा अघि बढाउनु अहिलेको आवश्यकता भएको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । 

देशमा शहीदको सम्मानार्थ शहीद दिवसमार्फत स्मरण गर्दै गर्दा उहाँहरुले देखाएको बाटो भुल्न नहुनेमा उहाँले जोड दिनुभएको छ । प्रमुख भण्डारीले लोकतन्त्र स्थापना भइसकेको अवस्थामा अब मुलुकमा स्थायी शान्ति कायम राखी विकास र समृद्धिलाई मेरुदण्ड बनाएर विकसित मुलुकको मापदण्डमा पुग्नुपर्ने अहिलको मुख्य चुनौती रहेको उल्लेख गर्नुभएको छ ।

प्रदेश प्रमुख भण्डारीले विभिन्न चरणका आन्दोलनमा आफ्नो बलिदानी दिनुहुने ज्ञात–अज्ञात शहीदप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट