
काठमाडौँ । दीपक रौनियार निर्देशित चलचित्र ‘राजागञ्ज’ आगामी चैत १ गते प्रदर्शन हुने घोषणा गरिएको छ ।
‘हाइवे’, ‘सेतो सूर्य’ जस्ता फिल्म निर्देशन गर्नुभएका सफल निर्देशक रौनियारले नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजीको कथामा चलचित्र तयार गर्नुभएको हो ।
भेनिस, बुसान र मुम्बई लगायतका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘पूजा सर’ नामबाट सहभागी भएको यो चलचित्र नेपालमा ‘राजागञ्ज’ नामबाट प्रदर्शन हुने निर्माता मध्येका रामबाबु गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘तराईको सौन्दर्यता, संस्कृतिसँगै त्यहाँ भएको एउटा घटनाक्रमलाई हामीले चलचित्रको विषय बनाएका छौँ । यो पूर्ण रुपमा काल्पनिक भएता पनि वास्तविक घटनाबाट प्रेरित भएर तयार गरेका हौँ । विश्वभरका महोत्सवमा रुचाइएको यो चलचित्र नेपाली दर्शकको प्राथमिकता पर्नेमा विश्वस्त छौँ ।’
‘राजागञ्ज’मा आशा मगराती, पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वरकुमार झा, पशुपति राई, नीरज श्रेष्ठ लगायतले अभिनय गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल