
बाकु (अजरबैजान) । कोप–२९ जलवायु शिखर सम्मेलनमा बुधबार २५ देशले अत्यधिक प्रदूषणकारी जीवाश्म इन्धनको प्रयोग चरणबद्ध रूपमा हटाउने प्रक्रियालाई तीव्र पार्न कुनै पनि नयाँ नियन्त्रण नगरिएको कोइला–विद्युत संयन्त्र नबनाउने प्रतिज्ञा गरेका छन् ।
बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी र प्रमुख कोइला उत्पादक अस्ट्रेलियासहित मुख्यतया धनी विकसित अर्थतन्त्रले अजरबैजानमा स्वैच्छिक प्रतिज्ञामा हस्ताक्षर गरे । यसले राष्ट्रलाई आगामी वर्षको शुरुमा राष्ट्रिय जलवायु योजनाहरू पेश गर्न प्रतिबद्ध गराउँछ र उनीहरूको ऊर्जा प्रणालीमा कुनै नयाँ नियन्त्रण नगरिएको कोइला नहुने कुरालाई प्रतिबिम्बित गर्छ ।
नियन्त्रण नगरिएको भन्नाले कार्बन क्याप्चर र भण्डारण जस्ता उत्सर्जन कम गर्ने उपाय बिना जलाइएको कोइला भन्ने बुझिन्छ । यो कोइला प्रविधिलाई ठूलो स्तरमा अप्रमाणित भनी आलोचना गरिएको छ ।
यो प्रतिज्ञाले राष्ट्रलाई तेल र ग्यासभन्दा बढी ग्रह–तापन कार्बन उत्सर्जन गर्ने र जलवायु परिवर्तनको प्रमुख कारक रहेको कोइलाको खनन वा निर्यात रोक्न बाध्य गर्दैन ।
चीन, भारत र संयुक्त राज्य, अमेरिकासहित विश्वका धेरै ठूला कोइला–उर्जा उत्पादकले बाकुमा शुरु गरिएको ‘कल टु एक्सन’ मा हस्ताक्षर गरेनन् ।
पहलमा हस्ताक्षर गर्ने युरोपेली सङ्घ (इयु) का जलवायु दूत वोप्के होएक्स्ट्राले गत वर्षको कोपमा ऊर्जाका लागि कम जीवाश्म इन्धन प्रयोग गर्ने ऐतिहासिक प्रतिबद्धता गरिए पनि कोइला विद्युत् अझै बढिरहेको बताउनुभयो ।
‘जीवाश्म इन्धनबाट टाढा जाने प्रतिबद्धतालाई जमीनमा वास्तविक कदममा परिणत गर्न आवश्यक छ’ उहाँले भन्नुभयो ।
बेलायत हालै आफ्नो विद्युत् उत्पादनमा कोइलामा सबै निर्भरता अन्त्य गर्ने सात औद्योगिक राष्ट्रको समूहमध्ये पहिलो बनेको छ ।
बेलायतका ऊर्जामन्त्री एड मिलिब्यान्डले वैज्ञानिकहरूले जलवायु परिवर्तनको सबैभन्दा खराब परिणामलाई रोक्ने स्तरहरूमा विश्वव्यापी तापक्रमको वृद्धि सीमित गर्न कोइलाले ‘सबैभन्दा ठूलो खतरा मध्ये एक’ खडा गरेको बताउनुभयो ।
यो प्रतिज्ञाले ब्राजिलमा हुने अर्को कोप शिखर सम्मेलनसम्म नयाँ कोइला अन्त्य गर्न आवश्यक छ भनेर विश्वभरिका देशबाट स्पष्ट सन्देश पठाउने उहाँले बताउनुभयो ।
गरिब देशका लागि पैसा जुटाउने कुरालाई ताप–ट्र्यापिङ उत्सर्जन कटौती गर्ने प्रयासहरू भन्दा ठूलो प्राथमिकता दिइएको कोप–२९ मा प्रमुख कोइला प्रयोगकर्ता र निर्यातकर्ता अस्ट्रेलियाको समावेशलाई कार्यकर्ताले स्वागत गरेका छन् ।
‘यसले कोइलाको ढोका बन्द गरेको छ । अब हामीले यसलाई बन्द गर्न आवश्यक छ’ क्लाइमेट एक्सन नेटवर्क अस्ट्रेलियाका एरिन रायनले बाकुमा भन्नुभयो– ‘यसलाई हाम्रो ऊर्जा प्रणाली र हाम्रा निर्यात बजारहरू दुवैमा विगतमा छोड्ने समय बितिसकेको छ ।’
अङ्गोला, युगान्डा र इथियोपिया सहितका विकासोन्मुख देश पनि पावरिङ पास्ट कोल एलायन्सको सहकार्यमा विकास गरिएको प्रतिज्ञामा हस्ताक्षर गर्ने देशहरू मध्ये थिए । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा