+

लेबनानमा २ सय भन्दा बढी बालबालिकाको मृत्यु : राष्ट्रसङ्घ

काठमाडौँ । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा गरेको आक्रमणमा  दुई महिना भन्दा कम समयमा २ सय भन्दा बढी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ ।

यो कहाली लाग्दो घटनाले चिन्ताजनक अवस्था  देखा परेको जनाउदै राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफका प्रवक्ता जेम्स एल्डरले बालबालिकाको मृत्यु र हिंसा रोक्न  अत्यावश्यक रहेको बताउनु भएको छ ।

उहाँका अनुसार लेबनानमा पछिल्लो दुई महिनामा हरेक दिन औसतमा तीन जना बालबालिकाको मृत्यु भएको छ भने एक हजार एक सय बढी बालबालिका घाइते भएका छन् ।

हिज्बुल्लाहले गत वर्षको अक्टोबरमा गाजामा प्यालेस्टिनी उग्रवादी समूह हमासको समर्थनमा इजरायलमा रकेट प्रहार गर्न थालेको थियो ।

गत सेप्टेम्बर देखि, इजरायलले लेबनानमा हिजबुल्लाहको गढलाई लक्षित गर्दै व्यापक अभियान सञ्चालन गरेको छ, यद्यपि केही आक्रमणले इरान समर्थित समूहको नियन्त्रण बाहिरका क्षेत्रमा प्रहार गरेका छन् ।

इजरायलमा हिजबुल्लाहको आक्रमणबाट झडप शुरु भएदेखि लेबनानमा ३ हजार ५ सय १ जना भन्दा बढी मानिसको मृत्यु भएको छ । 

गत वर्षको अक्टोबरमा गाजामा युद्ध सुरु भएदेखि लेबनानमा कम्तीमा २ सय ३१ बालबालिकाको मृत्यु भएको एल्डरले बताउनु भएको छ । 

लेबनानमा पनि गाजामा जस्तै डरलाग्दोे बालबालिकाको नरसंहार चलिरहेको बताउदै उहाँले घरबारविहीन भएका लाखौं बालबालिका आधारभूत पूर्वाधार तथा चिकित्सा सुविधा अभावमा रहेको बताउनु भएको छ । 

लेबनानी अधिकारीहरूका अनुसार नोभेम्बर–१५ देखि २०० भन्दा बढी स्वास्थ्य कर्मचारीहरूको मृत्यु भएको छ भने ३।य भन्दा बढी घाइते भएका छन्  । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट