
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले किएभलाई रूसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र (मिसाइलहरु) प्रयोग गर्न स्वीकृति दिनु भएको छ ।
एक अमेरिकी अधिकारीले नाम न छाप्ने सर्तमा द न्यूयोर्क टाइम्स र द वासिङ्टन पोस्टको रिपोर्टलाई पुष्टि गर्दै युक्रेनले लामो समयदेखि माग गर्दै आएको नीति परिवर्तन उत्तर कोरियाले मस्कोको युद्ध प्रयासलाई सहयोग गर्न सेना तैनाथ गरेको प्रतिक्रियामा यो स्वीकृति आएको बताएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लामो समयदेखि वासिङ्टनबाट शक्तिशाली मिसाइल प्रणाली प्रयोग गर्ने अधिकारका लागि आग्रह गर्दै आउनु भएको थियो । क्रेमलिनबाट भने यो समाचारमा बारेमा तत्काल कुनै प्रतिक्रिया आएको छैन ।
रया नोभोस्ती एजेन्सीले रूसी तल्लो सदन (डुमा) को रक्षा समितिका प्रमुख आन्द्रेई कार्तापोलोभलाई उद्धृत गर्दै युक्रेनमा कुनै पनि कुराले अपरेसनको मार्ग परिवर्तन नगर्ने जनाएको छ ।
उत्तर कोरियाली सेनाको युद्धमा प्रवेश तथा आइतबारको ठूलो रूसी मिसाइल आक्रमणको सन्दर्भमा राष्ट्रपति बाइडेनले (रूसी राष्ट्रपति) पुटिनले बुझ्ने भाषामा प्रतिक्रिया दिएको विदेश मन्त्री रादोस्ला सिकोर्स्कीले एक्स मार्फत जनाउनु भएको छ ।
आक्रमणको सिकार भएकोलाई आफ्नो रक्षा गर्ने अधिकार रहेको उहाँले बताउनु भएको छ । युक्रेन युद्धमा आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गरेको चीनले शान्तिपूर्ण समाधानका लागि आग्रह गरेको छ ।
‘प्रारम्भिक युद्धविराम र राजनीतिक समाधानले सबै पक्षको हितमा काम गर्ने’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित ब्रीफिंगमा बताउनु भएको छ । आइतवार साँझको सम्बोधनमा जेलेन्स्कीको प्रतिक्रिया मौन रहेको जनाइएको छ ।
जाडो नजिकिँदै जाँदा बिजुली कटौती तथा ११ जना सर्वसाधारणको ज्यान लिने आक्रमण र पहिले नै नाजुक ऊर्जालाई थप क्षति पुर्याउने ठूलो आक्रमण गरेपछि युक्रेनले सोमबारदेखि देशव्यापी आपतकालीन बिजुली प्रतिबन्धको घोषणा गरेको केही समय पछि बाइडेनको यस्तो स्वीकृति आएको हो ।
उत्तरपूर्वी शहर सुमीमा आइतबार साँझ भएको अर्को आक्रमणमा दुई बालकसहित दश जनाको मृत्यु भएको छ ।
रूसको यो कार्यले द्रुतरुपमा अन्तर्राष्ट्रिय निन्दा बटुलि रहेको छ ।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले ‘ऊर्जा र महत्वपूर्ण नागरिक पूर्वाधार’ लाई लक्षित गरी गरेको आक्रमणको निन्दा गरेको उहाँका प्रवक्ता स्टेफन डुजारिकले एक विज्ञप्ति मार्फत जनाउनु भएको छ ।
युरोपियन युनियनकी प्रमुख उर्सुला भोन डेर लेयनले ब्राजिलको ग्लोबो न्यूजमा टिप्पणी गर्दै पावर ग्रिडमा भएको आक्रमण ‘भयानक’ भएको बताउनु भएको छ ।
मस्कोले किभका साथै देशको दक्षिणी, मध्य र सुदूर पश्चिमी कुनालाई लक्षित गर्दै (२) मिसाइल तथा लगभग सय ड्रोन प्रक्षेपण गरेको बताउनु भएको छ ।
मस्को युक्रेनको पूर्वमा लगातार अगाडि बढिरहेका अवस्थामा बाइडेनको घोषणा आएको छ भने ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको पुनरागमनले किभका लागि अमेरिकी समर्थनको भविष्यमा डर खडा गरेको छ ।
युद्धको तेस्रो जाडो अहिलेसम्म सबैभन्दा कठिन हुने धेरैलाई डर छ भने अघिल्ला रुसी आक्रमणले युक्रेनको आधा ऊर्जा उत्पादन क्षमतालाई नष्ट गरिसकेको जेलेन्स्कीले बताउनु भएको छ ।
पश्चिम र युक्रेनका अनुसार हजारौँ उत्तर कोरियाली सैनिक रशियामा छन् भने केही कुर्स्क क्षेत्रमा छन् । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा