
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (युएन टुरिजम) ले यस वर्षको छनौटमा चीनका सातवटा गाउँलाई ‘उत्कृष्ट पर्यटन गाउँ’ का रूपमा सम्मान तथा पुरस्कृत गरेको संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ ।
बेइजिङको स्थानीय समयअनुसार शुक्रबार कोलम्बियाको कार्टाजेनामा आयोजित राष्ट्रसङ्घीय पर्यटन बैठकमा पुरस्कारको घोषणा गरिएको हो ।
पुरस्कृत हुनेमा युन्नानको आझेके, फुजियानको गुआन्याङ, हुनानको शिबाडोङ, सिचुआनको ताओपिङ गाउँ, अनहुईको सियाओगाङ गाउँ, झेजियाङको जिटोउ र सान्डोङको यान्दुन्जियाओ रहेका छन् ।
चीनको ग्रामीण पर्यटन विकासमा उल्लेखनीय भुमिका खेलेका पूर्वी, मध्य र पश्चिमी क्षेत्रहरूमा फैलिएका गाउँहरू भूगोल, संस्कृति र विकास नमूनाको सन्दर्भमा प्रतिनिधिमुलक गाउँहरू हुन् ।
उदाहरणका लागि, युनेस्कोको विश्व सम्पदा स्थल होङ्गे हानी राइस टेरेसको मध्य विन्दुमा अवस्थित युन्नानको अझेक गाउँले पर्यटन विकासका लागि उल्लेखनिय कार्य गरेको जनाइएको छ । यस गाउँका बासिन्दाहरूले सामूहिक सहभागिता र साझा समृद्धिको मोडेल सिर्जना गर्दै घर र परम्परागत जीवनशैलीजस्ता स्रोतमार्फत पर्यटन प्रवर्द्धनमा योगदान गरेका छन् ।
ग्रामीण पर्यटन प्रवद्र्धन गर्न, राष्ट्रसङ्घीय पर्यटनले सन् २०२१ मा सर्वश्रेष्ठ पर्यटन गाउँ परियोजना सुरु गर्यो जसले ग्रामीण क्षेत्रको पोषण र सांस्कृतिक विविधता, स्थानीय मूल्य र परम्पराको संरक्षणमा अग्रणी रहेका विश्वका गाउँलाई मान्यता दिन्छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा