
काठमाडौँ । श्रीलङ्काकाको संसदको मध्यावधि निर्वाचनका लागि बिहीबार मतदान भएको छ । मतदानका लागि बिहानै देखि मतदाता मतदानस्थलमा लामबद्ध भई शान्तिपूर्ण रूपमा मतदान गरिरहेका छन् ।
राष्ट्रपति अनुरा कुमारा दिसानायकेको पार्टीले निर्वाचनबाट आर्थिक सुधारका लागि जनादेश प्राप्त गर्ने अपेक्षा गरिएको छ । दुई वर्षअघि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेलाई सत्ताच्युत गरिएपछि देशको आर्थिक मन्दीपछि सुधारका लागि अघि बढ्न ५५ वर्षीय दिसानायकेले विधायिकाको २२५ सिटमध्ये दुई तिहाइ सिट जित्ने आशा गर्नुभएको छ ।
संसदीय निर्वाचनका लागि करिब एक करोड ७१ लाख मानिस मतदान गर्ने निर्वाचनमा आठ हजार ८ सय उम्मेदवार प्रतिस्पर्धाका लागि छनोट भएका छन् र उनीहरूका अभियान शान्तिपूर्ण रहेको निर्वाचन अनुगमनकर्ताले बताएका छन् ।
प्रहरी प्रवक्ता निहाल थलडुवाले ८० हजार प्रहरी अधिकारी परिचालन गरिएको निर्वाचनको अनुगमनका लागि पहिलो पटक ड्रोनको प्रयोग गर्न लागिएको जानकारी दिनुभयो । मतदान स्थानीय समयअनुसार बेलुकाको ४ बजे सम्पन्न हुनेछ ।
भ्रष्टाचारविरुद्ध लड्ने र देशको चोरी भएको सम्पत्ति फिर्ता गर्ने वाचाका साथ गत सेप्टेम्बरमा भएको चुनावमा दिसानायके राष्ट्रपति निर्वाचित भएपछि पहिलोपटक सत्ताको नेतृत्व सम्हाल्नुभएको थियो ।
कोलम्बोको वेलावाटे जिल्लामा पहिलो पटक मतदान गर्नेमध्येका एक ७० वर्षीय पेन्सनधारी मिल्टन गान्कान्डेगेले भन्नुभयो– ‘म नयाँ देश, जनताप्रति मैत्रीपूर्ण नयाँ सरकारको अपेक्षा गर्दछु ।’
उहाँले थप्नुभयो, “पहिलेका शासकहरूले हामीलाई धोका दिए। हामीलाई नयाँ शासकको समूह चाहिएको छ जसले देशको विकास गर्नेछ ।”
दिसानायकेको जेभीपी वा पिपुल्स लिबरेशन फ्रन्ट अर्को सरकार गठनका लागि चाहने पेसाकर्मीहरूको राष्ट्रिय जनसत्ता ९एनपीपी० गठबन्धनको मुख्य घटक हो ।
निवर्तमान विधानसभामा एनपीपीले जम्मा तीन सिट जितेको थियो ।दिसानायके करिब २५ वर्षदेखि सांसद हुनुभएको थियो भने केही समयका लागि कृषिमन्त्रीसमेत बन्नुभएको थियो ।
उहाँले सन् २०२२ मा देशलाई सबैभन्दा खराब आर्थिक सङ्कटमा पु-याएको आरोप लागेका परम्परागत राजनीतिज्ञहरूबाट आफूलाई टाढा राख्दै देशको विकासमा आफ्नो अनुभवलाई निष्ठापूर्वक प्रयोग गर्ने बताउनुभएको छ ।
उहाँको जेभीपी पार्टीले सन् १९७१ र १९८७ मा दुई विद्रोहको नेतृत्व गरेको थियो, जसका कारण कम्तीमा ८० हजारको मृत्यु भएको थियो दुई वटा विद्रोहको नेतृत्व असफल भएपनि दिसानायकेले सेप्टेम्बर २१ मा भएको चुनावबाट निर्वाचित बनेपछि सत्ता सम्हाल्नुभएको थियो । विश्वविद्यालयका प्राज्ञसमेत रहनुभएका ५२ बर्षीय विश्लेषक शिवलोगादासन भन्नुहुन्छ, “परिवर्तन तुरुन्तै हुने वा देखिने कुरा होइन । दिसानायकेलाई आफ्नो वाचा पूरा गर्न थप समय चाहिन्छ। केही चीजहरू परिवर्तन हुन थालेका छन् ।”
पूर्ववर्ती राष्ट्रपति रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० बाट प्राप्त गरेको विवादास्पद २।९ अर्ब अमेरिकी डलरको बेलआउटमा पुनः वार्ता गर्ने यसअघिको प्रतिबद्धताका बावजुद दिसानायकेले अन्तर्राष्ट्रिय ऋणदातासँगको सम्झौतालाई कायम राख्ने निर्णय गर्नुभएको छ ।
देशको मुख्य निजी क्षेत्रको लबी, सिलोन चेम्बर अफ कमर्शले दिसानायकेलाई मौन समर्थन गरिरहेको छ र उहाँले सुधारका साथ अगाडि बढ्ने अपेक्षा गरेको छ । ‘निरन्तरको सुधारले लगानीकर्ताको विश्वास र वित्तीय अनुशासन दुवैलाई प्रोत्साहित गर्न सक्छ, दिगो विकासको लागि आधार तयार गर्न सक्छ’ सीसीसीका सचिव भुवानीकाबाहु परेराले मतदान अघि एएफपीसँग भन्नुभयो ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को एक प्रतिनिधिमण्डलले बिहीबार कोलम्बोमा आर्थिक प्रगतिको समीक्षा गर्ने र त्यसपछि ३३ करोड अमेरिकी डलर बराबरको बेलआउट कर्जा जारी गर्ने कार्यक्रम छ । गठबन्धन सरकारमा सहभागी हुन अभियान चलाएका विपक्षी नेता सजिथ प्रेमदासाले आफ्नो अन्तिम चुनावी ¥यालीमा दिसानायकेलाई कर कटौतीको वाचा पूरा गर्न दबाब दिने बताउनुभएको छ ।
सर्वेक्षण अनुगमनकर्ता र विश्लेषकहरूले बिहीबारको निर्वाचनले विगतका चुनावमा देखिएको उत्साह वा हिंसा दुवैको रेकर्ड तोड्न असफल भएको टिप्पणी गरेका छन् । राजनीतिक विश्लेषक कुशल परेराले भन्नुभयो– ‘विपक्षी निस्प्रभावी देखिएका छन् यस परिवेशमा भएको निर्वाचनको परिणाम पूर्वनिर्धारित निष्कर्ष नै हो ।’
निवर्तमान संसद्मा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेको पार्टी श्रीलङ्का पोदुजाना पेरामुना (एसएलपीपी) वा पिपुल्स फ्रन्टको वर्चस्व थियो।
राजापाक्षेले चुनाव लड्नुभएको छैन तर उनका छोरा तथा पूर्व खेलकुदमन्त्री नमाल पुनः चुनाव लडिरहेका छन् । एक निजी क्षेत्रका ४९ वर्षीय उद्यमी दमयन्था परेराले आफूले अझै पनि एसएलपीपीलाई भोट हालेको बताउनुभयो । ‘मैले आफ्नो अन्तस्करणअनुसार मतदान गरेँ’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा