+

बङ्गलादेशमा आन्दोलनमा लुटिएका ६ हजार बन्दुक बरामद

काठमाडौँ । बङ्गलादेशमा अघिल्लो महिना भएको आन्दोलनका क्रममा लुटिएका ६ हजार बन्दुक बरामद गरिएको छ ।

बङ्गलादेशकी पूर्व नेतृ शेख हसिनालाई सत्ताच्युत गर्ने आन्दोलनपछि सुरक्षा व्यवस्था मजबुत बनाउन बङ्गलादेशको सेनाले २ हजार ५ सय जनालाई पक्राउ गरेको र ६ हजार बन्दुक बरामद गरेको जनाएको छ ।

विद्यार्थी नेतृत्वको आन्दोलनको क्रममा भएको घातक हिंसा र व्यापक विरोध प्रदर्शन प्रधानमन्त्री कार्यालयतर्फ बढेपछि तत्कालिन प्रधानमन्त्री हसिना भागेर हेलिकप्टरमा भारत जानुभएको थियो । उहाँले पदबाट राजिनामा दिएको पछि सेना प्रमुखले सार्वजनिक सम्बोधन गर्दै जानकारी गराउनुभएको थियो । आन्दोलन र त्यसपछिका प्रदर्शन हिंसात्मक र अराजकत भएका र उक्त क्रममा सुरक्षाकर्मीबाट हजारौँ हातहतियार लुटिएको हो ।

सेप्टेम्बरको शुरुमा समाप्त भएको आममाफीको समयमा ३ हजार ७ सय भन्दा बढी हतियार् फिर्ता गरिएको थियो भने त्यसपछि सुरक्षाकर्मीले हराएका बन्दुक सङ्कलन गर्ने अभियान नै चलाएको थियो । कर्नेल इन्तेखाब हैदर खानले सञ्चारमाध्यमलाई बताएअनुसार अवैध रूपमा राखिएका ६ हजार बन्दुक र २ लाख राउन्ड गोली सङ्कलन गरिएको छ। खानले भन्नुभयो– ‘हाम्रो खोजी अभियान अझपनि जारी छ ।’

हसिनापछि सत्ता सम्हालेको अन्तरिम सरकारले सशस्त्र बल (सेना) लाई न्यायिक अधिकार प्रदान गर्दै उनीहरूलाई प्रहरीजस्ता दैनिक प्रवर्तन गतिविधिमा संलग्न हुन अनुमति दिएको थियो। खानले भन्नुभयो– ‘सेना फिर्ता गर्ने विषयमा सरकारका तर्फबाट कुनै निर्देशन आएको छैन ।’

सेनाले अगस्ट यता सैनिक हिरासतमा चार जनाको मृत्यु भएको भन्ने समाचारलाई अस्वीकार गर्दै सेनाले नियमको कडाइका साथ पालना गरिरहेको जनाएको छ । उहाँले भन्नुभयो– ‘कुनै गुनासो आएमा आवश्यक कारबाही गर्छौं ।’ एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट