
काठमाडौँ । श्रीलङ्काका नयाँ वामपन्थी नेताले बिहीबार हुने निर्वाचनमा आफ्ना तीन संसदीय सिटलाई सदनको बहुमतमा पुर्याउने प्रयास गर्दै गर्दा बलियो समर्थन प्राप्त हुने देखिएको छ ।
कार्ल माक्र्स र चे ग्वेभारालाई आफ्नो नायकका रूपमा लिने ५५ वर्षीय राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई देशको सबैभन्दा ठूलो र सबैभन्दा प्रभावशाली निजी क्षेत्रको व्यापार र उद्योग निकायको समर्थन छ।
सन् २०२२ मा देशको आर्थिक मन्दीलाई लिएर सिर्जना भएको जनआक्रोशका कारण दिसानायकेले सेप्टेम्बरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा बहुमत प्राप्त गर्नुभएको थियो ।
सिलोन चेम्बर अफ कमर्स (सीसीसी) ले आर्थिक पुनरुत्थानका लागि आफ्ना प्रस्तावहरू पिपुल्स लिबरेशन फ्रन्ट (जेभीपी) को समाजवादी एजेन्डासँग मेल खाने बताएको छ।
देशले डिसानायकेको नेतृत्वमा चीन वा भियतनामको आर्थिक मोडेलहरू पछ्याउन सक्ने व्यवसायीहरूले अनुमान गरेका छन् ।
अस्ट्रेलियास्थित भूराजनीतिक जोखिम विश्लेषण फर्म ट्रेसिंकका इमरान फुरकानले भन्नुभयो– ‘पहिलो कार्यकालमा पूर्ण लोकतान्त्रिक व्यवस्थाको मामिलामा भियतनामभन्दा जेभिपीले धेरै राम्रो नीति अख्तियार गर्नेछ ।’
उहाँले भन्नुभयो– ‘लामो समयदेखि साम्यवादी रहेको भियतनामको तुलनामा श्रीलङ्कामा प्रजातन्त्रको गहिरो जरा गडेको छ ।’
बिहीबारको संसदीय चुनावमा दिसानायकेको पार्टीले सहजै जित हासिल गर्ने र त्यसपछि उहाँका दक्षिणपन्थी पूर्ववर्ती रनिल विक्रमासिङ्घेले शुरु गरेको अलोकप्रिय मितव्ययिताका उपाय सहित सुधार अघि बढाउने फुरकानले विश्वास व्यक्त गर्नुभएको छ ।
शेयरमा उछाल
सन् १९७१ र १९८७ मा सशस्त्र विद्रोहको नेतृत्व गरेको जेभीपीले आफूलाई राष्ट्रिय जनसत्ता (एनपीपी) भनिने व्यावसायिक समूहसँगको गठबन्धनमा मूलधारको राजनीतिमा सामेल गरेको छ।
‘विक्रमासिङ्घेले गरेको ऋण सम्झौतालाई अगाडि बढ्न दिएर स्थानीय र विदेशी लगानीकर्ताको विश्वास जितेकाले दिसानायकेले सुधारलाई उल्टाउने सम्भावना छैन‚ फुरकानले भन्नुभयो ।
दिसानायकेको जितपछि कोलम्बो स्टक एक्सचेन्जको ‘अल शेयर प्राइस इन्डेक्स’ १६।६५ प्रतिशतले बढेको छ।
दिसानायकेले विशाल छिमेकी भारत र देशको सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता चीनसँग पनि घनिष्ठ सम्बन्ध कायम राख्नुभएको छ ।
करिब दुई करोड २० लाख जनसङ्ख्या रहेको बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको सानो तर रणनीतिक दृष्टिले हिन्द महासागरटापुमा अवस्थित श्रीलङ्कामा भारत र चीन दुवैले प्रभाव जमाउन प्रतिस्पर्धा गरिरहेका छन् ।
संसदको २२५ सिटका लागि ८ हजार ८ सय ८० उम्मेदवारका लागि बिहीबार बिहान ७ बजे मतदान शुरु हुनेछ । निर्वाचन अनुगमनकर्ताले मतदातामा राष्ट्रपति निर्वाचनको तुलनामा कम उत्साह देखिएको बताएका छन् ।
निजी निगरानी समूह पिपुल्स एक्सन फर फ्रि एन्ड फेयर इलेक्सन ९पाफल० ले राष्ट्रपति चुनावमा देखिएको ८० प्रतिशतभन्दा कम मतदान हुन सक्ने जनाएको छ ।
पाफ्फ्रेलकी प्रमुख रोहना हेटियाराचीले विपक्षी दलका थोरै उम्मेदवार सक्रिय भएकाले नतिजालाई पूर्वनिर्धारित निष्कर्षका रुपमा हेरिएको बताउनुभयो ।
दिसानायकेको पार्टीले निवर्तमान विधायिकामा केवल तीन सिट मात्र जितेको भएपनि यस पटकको संसदीय निवाचनमा यसलाई अत्यधिक वृद्धि गर्ने अनुमान गरिएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा