
काठमाडौँ । अमेरिकाको अलाबामा राज्यको टस्केगी विश्वविद्यालयमा गोली चल्दा एक जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् ।
घटनाको अनुसन्धानका लागि मेसिनगन राखेको आरोपमा २५ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको अलाबामा कानुन प्रवर्तन एजेन्सीले एक समाचार विज्ञप्तिमार्फत जनाएको छ । विज्ञप्तिअनुसार मेसिनगन रूपान्तरण उपकरणका साथ ह्यान्डगन लिएर आरोपित घटनास्थलबाट बाहिर जाँदै गर्दा पक्राउ गरिएको थियो ।
विश्वविद्यालयले कानून प्रवर्तनले घटनास्थललाई सुरक्षित गरेको र अलाबामा ब्युरो अफ इन्भेस्टिगेसनले अनुसन्धान गरिरहेको बताएको छ । संयुक्त राज्य अमेरिकामा यस वर्ष अहिलेसम्म रिपोर्ट गरिएको कम्तीमा चार स य ५४ वटा सामूहिक गोलीबारीमध्ये यो पनि एक हो ।
गत अक्टोबर १९ मा अल्बानी स्टेट युनिभर्सिटीमा भएको गोली हानाहानमा एक जनाको मृत्यु भएको थियो भने अन्य धेरै घाइते भएका थिए । त्यही दिन मिसिसिपीमा गोली चल्दा तीन जनाको मृत्यु भएको थियो भने अन्य आठ जना घाइते भएका थिए । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा