
काठमाडौँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो प्रशासनका दुई वरिष्ठ नेतालाई नयाँ प्रशासनमा प्रवेश नदिने बताउनुभएको छ ।
पूर्व विदेशमन्त्री माइक पोम्पेओ र संयुक्त राष्ट्रसङ्घकी पूर्व राजदूत निक्की हेलीलाई पुनः नियुक्त गर्ने सम्भावनालाई ट्रम्पले अस्वीकार गर्नुभएको छ ।
आफ्नै लगानीमा सञ्चालित सामाजिक सञ्जाल, ट्रुथ सोसल सोसल नेटवर्कमा लेख्दै ट्रम्पले आफ्नो नयाँ टिमको पहिचानबारे अड्कलबाजी भइरहेका बेला आफूले ती दुबै व्यक्तिलाई आफ्नो प्रशासनमा सामेल नगर्ने बताउनुभएको छ ।
पोम्पेओले जुलाईमा युक्रेनका लागि थप हतियार स्थानान्तरण र रूसको ऊर्जा क्षेत्रविरुद्ध कडा कदम चाल्ने योजनाको रूपरेखा प्रस्तुत गर्नुभएको थियो । ट्रम्पले आफ्नो सत्ताको पहिलो २४ घण्टामा युक्रेनको युद्ध अन्त्य गर्न सक्ने दाबी गर्दै आउनुभएको छ भने रूसविरुद्धको लडाइँमा किएभलाई दिइएको अमेरिकी सहयोगको आलोचना गर्दै आएका छन् ।
हेलीले यस वर्ष रिपब्लिकन प्राइमरीमा ट्रम्पलाई समर्थन गर्नु अघि उहाँविरूद्ध प्रतिस्पर्धा गर्नुभएको थियो । अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले शनिबार लेख्नुभएको छ– ‘म उनीहरूसँग पहिले पनि काम गरेको हो र त्यसको प्रशंसा गर्छु र हाम्रो देशको सेवाका लागि उनीहरूलाई धन्यवाद दिन चाहन्छु।’
ट्रम्पले आफ्नो चुनावी अभियानका म्यानेजर सुसी विल्सलाई ह्वाइट हाउसको चिफ अफ स्टाफमा नियुक्त गरिसक्नुभएको छ । ह्वाइट हाउसको महत्वपूर्ण द्वारपालको भूमिकामा नियुक्त हुने उहाँ पहिलो महिला हुनुहुन्छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा