
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा ६ वर्षअघि निर्माण शुरु गरिएको ‘ला ज्यालो वाङ थोप’ गुम्बा अलपत्र परेको छ ।
पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईले विसं २०७४ माघ–१९ गते शिलान्यास गर्नुभएको ६० फिट अग्लो गुम्बा निर्माण उपभोक्ता समितिको लापरबाहीका कारण अलपत्र परेको हो ।
प्रदेश सरकार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको साझेदारीमा निर्माण सुरु गरिएको गुम्बा निर्माणका लागि स्थानीय महेश तामाङको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो । करिब २१ करोड रुपैयाँ लगानीमा सम्पन्न हुने निर्माणाधीन गुम्बाका लागि अहिलेसम्म जगमात्र ठड्याइएको छ ।
नुनथलाको पर्यटकीयस्थल संसारीडाँडामा निर्माणाधीन गुम्बाको जगमा प्रयोग गरिएको फलामे रड अहिले खिया लागेर बाङ्गिन थालेको छ । आर्थिक वर्ष २०७५÷७६ मा नगरपालिकाले उपलब्ध गराएको १५ लाख रुपैयाँमा फाउण्डेशनको काम भएको र आर्थिक वर्ष २०७६/७७ मा प्रदेशको ९९ लाख रुपैयाँबाट भुइँतलामा पिलरको डण्डी ठड्याइएको थियो ।
प्रदेश सरकारले १ करोड ५० लाख रुपैयाँ विनियोजन गरे पनि उपभोक्ता समितिमार्फत एक करोड भन्दा कमको मात्र योजना सञ्चालन गर्न पाइने भएकाले ९९ लाख रुपैयाँको सम्झौता गरिएको स्थानीयको गुनासो छ । प्रदेशबाट विनियोजित बजेटबाट काम सम्पन्न गरेको भनि उपभोक्ता समितिले फरफारक गरेपनि विनियोजित बजेटमा अनियमितता भएको भन्दै स्थानीयले प्रदेशमा गुनासो गरेका थिए ।
नुनथलामा निर्माणाधीन गुम्बा योजनाको काममा अनियमितता भएपछि अलपत्र परेको वडाध्यक्ष भगेश्वर राईले बताउनुभयो । ‘प्रदेश र स्थानीय सरकारको सहकार्यमा गुम्बा निर्माण योजनाको काम शुरु भएको गरिएको थियो । निर्माण उपभोक्ता समितिमार्फत काम थालिएको योजनामा हिसाब गडबडी भएको थाहा पाएपछि प्रदेशले बजेट बन्द गयो’ उहाँले भन्नुभयो– ‘जगमात्र ठड्याइएको योजनाको काम अहिले पूर्णरुपमा बन्द छ ।’
उपभोक्ता समितिका अध्यक्ष तामाङले भने, प्रदेश सरकारबाट खटिएका इञ्जिनीयरले गरेको स्टिमेट अनुसार नै आफूहरुले गुम्बा निर्माणको काम गरेको दाबी गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन