
काठमाडौँ । अस्ट्रेलियाको कूल गार्हस्थ्य उत्पादन (जिडिपी)मा कमी आएको छ । अस्ट्रेलियाले कोभिड–१९ महामारीको अवधिलाई छोडेर ३० वर्षभन्दा बढीको अवधिमा सबैभन्दा कम वार्षिक आर्थिक वृद्धि (एक दशमलव पाँच प्रतिशत) को रिपोर्ट गरेको छ ।
अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस) ले बुधबार जारी गरेको आधिकारिक तथ्याङ्कले २०२३ जुलाई १ देखि सन् २०२४ जुन ३० सम्मको आर्थिक वर्षमा जिडिपी एक दशमलव पाँच प्रतिशतले बढेको देखाएको छ । यो जुन आव २०२२–२३ मा तीन दशमलव एक प्रतिशत थियो । एबिएसका अनुसार सन् १९९१–९२ को आर्थिक मन्दीपछि शून्य दशमलव चार प्रतिशतको आर्थिक वृद्धिदर रहेकामा कोभिड महामारीलाई छोडेर यो अस्ट्रेलियाको सबैभन्दा कम आर्थिक वृद्धिदर हो ।
त्रैमासिक आधारमा अप्रिलको सुरुदेखि जुनको अन्त्य तीन महिनामा अर्थतन्त्र शून्य दशमलव दुई प्रतिशतले वृद्धि भएकामा सन् २०२३ को अन्तिम तीन महिना र सन् २०२४ को पहिलो तीन महिनामा भएको वृद्धिसँग मिल्दोजुल्दो देखिन्छ ।
विश्वव्यापी अनिश्चितता, उच्च मूल्य दर र निरन्तर मुद्रास्फीतिलाई प्रतिबिम्बित गर्दै गत त्रैमासिकमा अर्थतन्त्रमा सीमित वृद्धि भएको पुष्टि गरेको अर्थमन्त्री जिम चाल्मजले तथ्याङ्कको प्रतिक्रियामा जनाउनुभयो । उहाँले यसले मानिसहरूको दबाबलाई देखाउने बताउनुभयो । उहाँका अनुसार यसले अर्थतन्त्रलाई हानि नपुग्ने गरी मुद्रास्फीतिसँग लड्न र मानिसहरूलाई कडा मेहनत गर्न सहयोग पुर्याउन मुलुकको योजनालाई उचित ठहर्याउँछ ।
एबिएसले जुनमा समाप्त हुने त्रैमासिकमा घरेलु खर्च अघिल्लो तीन महिनाको तुलनामा शून्य दशमलव दुई प्रतिशतले कम हुँदा जिडिपी वृद्धिमा शून्य दशमलव एक प्रतिशत अङ्कले कमी भएको तर सरकारी खर्च एक दशमलव चार प्रतिशतले बढेको जनाएको छ ।
अघिल्लो दुई त्रैमासिकमा कमी आएपछि जुनमा समाप्त हुने त्रैमासिकमा सेवा निर्यात पाँच दशमलव छ प्रतिशतले वृद्धि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु