+

कङ्गोमा जेल तोडेर भाग्ने क्रममा १२९ जनाको मृत्यु

काठमाडौँ । कङ्गोमा जेल तोडेर भाग्ने क्रममा १ सय २९ जनाको मृत्यु भएको छ ।  

डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोको सबैभन्दा ठूलो जेलमा साताव्यापी रुपमा चलेको जेल तोड्ने प्रयासका क्रममा कम्तीमा १ सय २९ जनाको मृत्यु भएको आन्तरिक मन्त्रीले मङ्गलबार बताउनु भएको हो ।  

घटनामा मृत्यु भएका मध्य २४ जनाको चेतावनी पछि गोली हानेर मृत्यु भएको बताउदै मन्त्री ज्याक्वेमेन शाबानीले एक भिडियो सन्देश मार्फत घटनाको जनाकारी गराउनुभएको हो । उहाँका अनुसार राजधानी किन्शासाको मकाला जेलमा कम्तीमा ५९ जना घाइते भएका छन् ।

यस घटनामा धेरैलाई कुल्चिएको वा तथा भिडभाडमा प्रभावित भएको र धेरै महिला बलात्कृत भएको  मन्त्रालयले जनाएको छ ।

प्रत्यक्षदर्शीहरूले सोमबार जेल परिसरमा लामो समयसम्म गोली चलेको तथा तनावपूर्ण  भएको बताएका छन् । एक  इलेक्ट्रिशियन दड्डी सोसोले घटना पछि सुरक्षा बलका गाडीले शव लिएर गएको देखेको बताउनुभएको छ ।

सरकारका प्रवक्ता प्याट्रिक मुयायाले राष्ट्रिय टेलिभिजनलाई हाल स्थिति “नियन्त्रणमा“ रहेको  बताउनुभएको छ भने अधिकारीहरूले कति कैदी भागे वा भाग्ने प्रयास गरे भन्ने बारे केही उल्लेख गरेका छैनन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट