
सुनसरी । जनस्तरको पहलमा धरान उपमहानगरपालिका–१८ स्थित इलाका प्रहरी कार्यालयमा हिरासत भवन निर्माण गरिएको छ ।
इलाका प्रहरी कार्यलय धरानको पुरानो हिरासत भवन साँघुरो हुँदा थुनुवा राख्नै समस्या भएको थियो । नयाँ हिरासत भवन निर्माण भएपछि उक्त समस्या समाधान भएको इलाका प्रहकारी कार्यालयले जनाएको छ । भवन २ करोड ९ लाख २६ हजार १२ रुपैयाँ मा निर्माण भएको भवन निर्माण समितिका कोषाध्यक्ष सविता राईले जानकारी दिनुभएको छ ।
कोशी प्रदेश सरकारबाट ५० लाख, धरान उपमहानगरपालिकाबाट २३ लाख र प्रतिनिधि सभाका पूर्वसांसद् जयकुमार राईको सांसद् विकास कोषबाट १० लाख, धरान युके समाजको १० लाख र देश विदेशमा रहनुभएका विभिन्न सङ्घसंस्था र दाताबाट प्राप्त रकम थप गरी हिरासत भवन निर्माण गरिएको कोषाध्यक्ष राईले बताउनुभयो ।
दुई तलाको हिरासत भवनमा आठ वटा कोठा छन् । ती कोठामा दुई सय भन्दा बढी थुनुवा राख्न सक्ने क्षमता छ । हिरासत भवन प्रदेशकै सुविधा सम्पन्न एवं नमूना बनेको भवन निर्माण समितिका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका पुर्व प्रमुख मिनबहादुर सुब्बाले बताउनुभयो ।
उहाँका अनुसार भविष्यमा पाँच तलासम्मको भवन बनाउन सकिने गरि डिजाइन भएको र त्यही अनुसार जग निर्माण गरिएको छ । उहाँले भन्नुभयो– ‘२०७५ सालबाटै समिति बनाएर जनस्तरबाट बजेट जुटाउन शुरु गरिएको थियो हाल आएर निर्माण सम्पन्न भएको छ ।’
भवन २०७५ सालमा प्रदेश सरकारको तत्कालीन आन्तरिक मामिलामन्त्री हिक्मतकुमार कार्कीले शिलान्यास गर्नुभएको थियो । हाल उहाँ आफैँ मुख्यमन्त्री हुँदा शनिबार भवनको उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय हिरासत भवनको चाँबी प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुलाई भवन निर्माण समितिका अध्यक्ष मिनबहादुर सुब्बाले हस्तान्तरण गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन