+

युक्रेनी ड्रोन आक्रमणलाई विफल पारेको रूसको दाबी

काठमाडौँ । रूसले युक्रेनको राजधानी मस्कोसहित १५ क्षेत्रमा १५८ वटा ड्रोन खसालेर युक्रेनी ‘विशाल’ ड्रोन आक्रमणलाई विफल पारेको जनाएको छ ।

शहर नजिकै कोइलाबाट चल्ने एउटा पावर प्लान्ट र शहरको सीमाभित्र रहेको तेल प्रशोधन केन्द्रमा पनि आक्रमण भएको बताइएको छ। रुसी रक्षा मन्त्रालयले युक्रेनसँग सीमा जोडिएको कुस्र्क, ब्रायन्स्क, भोरोनिश र बेल्गोरोड क्षेत्रमा १२२ वटा ड्रोन खसालेको जनाएको छ ।

क्षेत्रीय गभर्नर अलेक्जेन्डर बोगोमाजले भन्नुभयो– ‘हाम्रा रक्षकहरूले ब्रायन्स्क क्षेत्रको इलाकामा मानवरहित विमानले गरेको ठूलो आक्रमणको प्रयासलाई प्रतिकार गरिरहेका छन्।’

युक्रेनको ऊर्जा पूर्वाधारलाई २०० भन्दा बढी रूसी ड्रोन र क्षेप्यास्त्रले निशाना बनाएको केही दिनपछि यो आक्रमण भएको हो । युक्रेनले रूसको कुस्र्क क्षेत्रमा आक्रमण शुरु गरेको पनि करिब एक महिना भइसकेको छ भने पूर्वी युक्रेनमा रूसी सेनाले निरन्तर आक्रमण जारी राखेको छ ।

रूसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा आफ्नो अभियान सुरु गरेदेखि नै दुवै पक्षले ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आएका छन् ।

मस्को क्षेत्रका एक स्थानीय अधिकारीका अनुसार तीनवटा ड्रोनले कोइलाबाट चल्ने विद्युत् केन्द्र काशीरामा प्रहार गर्ने प्रयास गरेका थिए । ‘आक्रमणबाट कुनै मानवीय वा भौतिक संरचनामा क्षति भएको छैन’  उहाँले भन्नुभयो – ‘विद्युत् अझै पनि ग्राहकसम्म सही तरिकाले पुगिरहेको छ ।’

रुसी समाचार संस्थाले पनि कपोट्न्यास्थित मस्कोको तेल प्रशोधन केन्द्रमा आगलागी भएको जानकारी दिएका छन् तर नगर प्रमुख सर्गेई सोब्यानिनले त्यहाँ कुनै क्षति वा हताहत नभएको बताउनुभएको छ । 

बेल्गोरोड क्षेत्रका गभर्नर व्याचेस्लाव ग्ल्याडकोभले भन्नुभयो– ‘आक्रमणबाट बेल्गोरोडमा तीनवटा आवासीय भवनको सिसामा क्षति पुगेको छ । एउटा निजी आवासमा एउटा युटिलिटी भवन पूरै ध्वस्त भएको छ ।’

बुधबार युक्रेनी ड्रोनले दक्षिणपश्चिम रूसको रोस्तोभ क्षेत्र र उत्तरी किरोभ क्षेत्रमा रहेका दुईवटा इन्धन डिपोमा आक्रमण गरेपछि इन्त्रन डिपोमा आगलागी भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट