+

दक्षिण एशियाको वायु प्रदूषणमा कमी

काठमाडौँ । दक्षिण एशियाको वायु प्रदूषणमा कमी आएको छ । 

सन् २०२२ मा दक्षिण एशियाको वायुको गुणस्तरमा देखिएको आश्चर्यजनक सुधारले विश्वव्यापी प्रदूषणमा पनि सुधार आएको वायुको गुणस्तर र जीवन सुचकाङ्क (एक्यूएलआई) को बुधबार सार्वजनिक नयाँ प्रतिवेदनमा जनाइएको छ ।  यद्यपि, तत्कालिन समयको अनुकुल मौसमले सुधारका लागि सम्भावित भूमिका खेलेको हुनसक्ने बताइएको छ । 

तत्कालिन समयमा भएको नियमित बर्षा र कोभिडका कारण विश्वव्यापीरूपमा भएको लकडाउनका कारण प्रदुषणमा भूमिका खेल्न जिम्मेवार सवारी साधनको कम प्रयोग हुनु, कलकारखानामा गतिविधि रोकिनु र वातावरण सुधारका लागि गरिएका पहलहरूले काम गर्नु लगायतले वायुको गुणस्तर सुधारमा भूमिका खेलेको हुनसक्ने अध्ययनले देखाएको छ । 

यस क्षेत्रमा खतरनाक वायु प्रदुषणका कारण यहाँका बासिन्दाको औसत आयु ३.५ वर्षभन्दा बढीले घट्ने एक्यूएलआईले चेतावनी दिएको छ । सन् २०२२ को भू–उपग्रहको तथ्याङ्कले वायुप्रदुषणमा आश्चर्यजनक रूपमा १८ प्रतिशतले कमी देखाएकोबाहेक दुई दशकदेखि दक्षिण एशियामा वायु प्रदूषण वार्षिक रूपमा बढिरहेको छ । युनिभर्सिटी अफ सिकागोको एनर्जी पोलिसी इन्स्टिच्युट (इपीआईसी) ले तयार पारेको प्रतिवेदनअनुसार श्रीलङ्काबाहेक यस क्षेत्रका हरेक देशमा वायु प्रदूषण घटेको छ । 

‘दक्षिण एसियामा वायुको गुणस्तर मापन गर्ने ‘पार्टिकुलेट म्याटर (पीएम २.५) को स्तर कुन कारणले घट्यो भन्ने निर्णायक रूपमा निर्धारण गर्न गाह्रो भएपनि अनुकूल मौसमी अवस्थालाई यसको श्रेय दिन सकिन्छ’ प्रतिवेदनमा भनिएको छ। 
          
सन् २०२२ मा यस क्षेत्रमा औसतभन्दा बढी वर्षा र अनुकुल मौसमी अवस्थाले प्रतिवेदनको सिद्धान्तलाई समर्थन गर्दछ ।  दक्षिण एशियाका मानिसहरूले अझै पनि विश्व स्वास्थ्य सङ्गठनले सुरक्षित ठानेको भन्दा आठ गुणा बढी प्रदूषित हावामा श्वास लिइरहेका छन् । ‘नीति परिवर्तनले प्रभाव पारेको छ कि छैन भनेर समयले मात्र बताउनेछ’ प्रतिवेदनमा जनाइएको छ । ‘निरन्तर अवलोकन, नीति कार्यान्वयनका लागि प्रयास र नीतिगत हस्तक्षेपका प्रभावको अनुगमन प्रदुषण गिरावटको कारक बुझ्न र कायम राख्न महत्वपूर्ण हुनेछ’ प्रतिवेदनमा भनिएको छ ।

दक्षिण एशियामा मापन भएको गिरावटसँगै वायु प्रदूषणमा नौ प्रतिशत विश्वव्यापी कमी मापन भएको छ । खराब वायु गुणस्तरका कारण मध्यपूर्व र उत्तरी अफ्रिकासहित अन्य ठाउँमा एक वर्ष अघिको तुलनामा वायु प्रदूषण १३ प्रतिशतले बढेको छ।  प्रतिवेदनले वायुको गुणस्तरको नियमित तथ्याङ्कको अभावले नीति निर्माण र कार्यान्वयनमा बाधा पु-याइरहेको बताएको छ । 

यस वर्षको शुरुमा, ‘इपीआईसी’ को स्वच्छ हावा कार्यक्रमले विश्वव्यापी वायु प्रदुषणबारे खुला तथ्याङ्क प्रदान गर्ने वायुको गुणस्तर अनुगमन केन्द्रहरूको स्थापनाको लागि १।५ मिलियन डलर रकमको कोष शुरु गरेको हो । वायु प्रदूषणले मानव स्वास्थ्यमा पार्ने गम्भीर प्रभावको तुलनामा यो अपेक्षाकृत थोरै रकम हो । 

उदाहरणका लागि, अफ्रिकाका केही सबैभन्दा प्रदूषित देशहरूमा ‘एचआईभी/एड्स, , मलेरिया’ जस्ता घातक रोगभन्दा वायु प्रदुषणले मानिसको आयुमा बढी गम्भीर खतरा निम्त्याउने प्रतिवेदनमा जनाइएको छ ।  

तथापि, प्रदुषित हावासँग लड्नका लागि चीनले उल्लेखनीय प्रयास जारी राखेको छ ।  यसले ठूला सहरमा सवारीसाधनको सङ्ख्या सीमित गर्ने,  उद्योगको क्षमता घटाउने र केही क्षेत्रबाट नयाँ कोइलाखानी प्रतिबन्धित गर्नेजस्ता उपाय अवलम्बन गरेको छ । 

सन् २०१३ देखि चीनको वायु प्रदूषण ४१ प्रतिशतले घटेको र यहाँका नागरिकको औसत आयु दुई वर्षले बढेको एक्युएलआईले बताएको छ । तथापि, अझै पनि चीनमा प्रदूषण विश्व स्वास्थ्य सङ्गठनको दिशानिर्देशभन्दा पाँच गुणा बढी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट