
काठमाडौँ । भियतनामले अक्टोबरमा नयाँ राष्ट्रपति पाउने भएको छ । भियतनामको राष्ट्रियसभाले अक्टोबरमा नयाँ राष्ट्रपति चयन गर्ने राष्ट्रिय सञ्चारमाध्यमले बताएको छ ।
कम्युनिष्ट पार्टीको महासचिव शीर्ष पदमा रहने भियतनामको चार–स्तम्भ नेतृत्व संरचनामा राष्ट्रपति एक प्रमुख पद हो ,जसमा प्रधानमन्त्री र राष्ट्रियसभाको प्रमुख पनि समावेश रहेका छन् । ‘राष्ट्रियसभाले अक्टोबरमा आफ्नो नियमित सत्रमा राष्ट्रपतिको रिक्त पद पूर्ति गर्नेछ’ राज्यद्वारा सञ्चालित भ्वाइस अफ भियतनामले मङ्गलबार राष्ट्रिय सभाको स्रोतलाई उद्धृत गर्दै जनएको हो ।
भियतनामका कम्युनिष्ट पार्टी, केन्द्रीय समितिका महासचिव गुयेन फु ट्रोङको मृत्युपछि वर्तमान राष्ट्रपति टू लामलाई यस महिना सत्तारुढ कम्युनिस्ट पार्टीको महासचिव नियुक्त गरेपछि राष्ट्रपतिको पद रिक्त भएको हो । सन् २०११ देखि कम्युनिस्ट पार्टी प्रमुख रहेका ट्रोङ अक्टोबर २०१८ देखि अप्रिल २०२१ सम्म आफैं राष्ट्रपतिको पद पनि सम्हाल्नुभएको थियो ।
स्थिरतमा जोड दिने एक–दलीय देश भियतनाममा राजनीतिक परिवर्तनहरू दशकौँसम्म सावधानीपूर्वक व्यवस्थित गरिएको थियो। तर ‘ब्लेजिङ फरनेश’ भनिने एउटा प्रमुख भ्रष्टाचार विरोधी शुद्धीकरणले हालका वर्षहरूमा देशका केही शीर्ष नेतासहित धेरै राजनीतिज्ञ र अधिकारीलाई भ्रष्टाचार अभियोग लगाएपछि भियतनामले भर्खरै राजनीतिक उथलपुथल देख्न थालेको छ ।
भ्रष्टाचार आरोप लागेपछि सन् २०२१ देखि दुई राष्ट्रपति नुयन सुआन फुकले राष्ट्रपति भएको दुई वर्ष पनि नपुग्दै र उहाँका उत्तराधिकारी भो भान थुङले राष्ट्रपति भएको १४ महिनामै राजीनामा दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु