
खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित नागी नजिक करिब ५० मिटर सडकमा आज बिहान पहिरो जाँदा त्यो सडक अवरुद्ध भएको हो ।
अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाउने काम भइरहेको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो । ‘चुवाचुङबाट झरेको पहिरोले करिब ५० मिटरभन्दा लामो सडकखण्ड ओगटेको छ । पहिरो हटाउन बिहानैदेखि लागिपरेका छौँ’ उहाँले भन्नुभयो– ‘पूर्णरुपमा सडक सञ्चालन गर्न समय लाग्छ ।’
पहिरोले सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँलगायत पूर्वी तराईका विभिन्न जिल्ला जाने यात्रु बाटोमै अलपत्र परेका छन् । सडक खुलाउन यात्रु आफै पनि लागीपरेका छन् ।
तुवाचुङबाट झरेको पहिरोसँगै ठूल्ठूला रुख र ढुङ्गा सडकमा थुप्रिएका छन् । पहिरो झर्ने क्रम रोकिएको छैन । स्थानमा विगत वर्षमा पनि पटक पटक पहिरो जाने गरेको थियो । त्यस क्षेत्रमा कमेरो माटो भएकाले पहिरो निरन्तर जाने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन