+

जापानमा शक्तिशाली चक्रवातको चेतावनी

काठमाडौँ । जापानमा यो साताको अन्त्य सम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरिएको छ । 

मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन् । आँधीले बुधबार अमाम टापु क्षेत्र पार गर्ने अनुमान गरिएको छ भने मुख्य दक्षिणी टापुतिर फर्कनु अघि यसको गति २१५ किलोमिटर प्रति घण्टाको हुनेछ । 

जापानमा यो महिना आँधीले गर्दा सयौँ उडान तथा रेल सेवा अवरुद्ध गरेको छ भारी बर्षाले प्रशान्त तटमा क्षति पु-याएको छ ।
 
यस क्षेत्रमा तटीयरेखाको नजिकमा आँधी आइरहेको र जलवायु परिवर्तनका कारण यसको प्रभाव लामो समयसम्म रहने गत महिना जारी एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट