
इलाम । देउमाई नगरपालिकाले जन्मदर्ता र मृत्युदर्ता गराए वापत ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउँदै आएको छ । घटनादर्ता अन्तर्गत ३५ दिनभित्र जन्मदर्ता र मृत्युदर्ता गराए वापत सहयोग उपलब्ध गराउँदै आएको हो ।
देउमाईले नगरपालिकाको तर्फबाट ‘सुत्केरी शिशु पोषण कार्यक्रम’ अन्तर्गत नगरभित्र स्थायीरुपमा बसोबास गरेका प्रत्येक सुत्केरीलाई आफ्नो शिशुको ३५ दिनभित्र जन्मदर्ता गराए हजार रुपैयाँ पोषण भत्ता उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा नगरभित्रका दुई सय २७ सुत्केरीले देउमाई नगरपालिकाबाट ११ लाख ३५ हजार हजार पोषणभत्ता प्राप्त गरेका छन् । उनीहरु सबैले समयमै जन्मदर्ता गराएका कारण पोषण भत्ता उपलब्ध गराइएको देउमाई नगपालिकाका लेखा अधिकृत गजेन्द्र एक्तेनले जानकारी दिनुभयो ।
देउमाईले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नगरभित्र स्थायी रुपमा बसोबास गरेका तीन सय १२ सुत्केरीलाई १५ लाख ६० हजार पोषण भत्ता उपलब्ध गराएको थियो । देउमाई नगरभित्र स्थायी रुपमा बसोबासी गरी कुनैपनि स्वास्थ्य संस्थामा चार पटक गर्भ जाँच गरेको र ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराएको प्रमाण पेश गर्नुपर्ने प्रावधान रहेको उहाँले बताउनुभयो ।
गर्भवती भएदेखि सुत्केरी भएको ३५ दिनभित्रको आमा र शिशुलाई उत्प्रेरणा तथा पोषणस्थितिमा आमा र शिशुको स्वास्थ्य सुधार गर्न ‘सुत्केरी शिशु पोषण कार्यक्रम’ लागु गरिएको नगर प्रमुख सूर्यप्रसाद पोख्रेलले बताउनुभयो । सुत्केरी आमा र नवजात शिशुलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सकरात्मक सन्देश प्रवाह गर्नका लागि सुत्केरी शिशु पोषण व्यवस्थापन कार्यक्रम लागु गरिएको उहाँको भनाइ छ ।
त्यसैगरी देउमाई नगरपालिकाले कुनैपनि कारणले मृत्यु भएका नगरभित्रका नागरिकका परिवारलाई दाहसंस्कार खर्चवापत पाँच हजार सहयोग उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा देउमाईका दुई सय चार जना मृतकका परिवारले १० लाख २० हजार रुपैयाँ दाहसंस्कार खर्च प्राप्त गरेका थिए ।
घटना भएको ३५ दिनभित्र मृत्युदर्ता गराई नगरपालिकामा पेश गरेपछि दाहसंस्कार खर्च उपलब्ध गराउने व्यवस्था रहेको लेखा अधिकृत एक्तेनले बताउनुभयो । देउमाइले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नगरभित्रका एक सय ९० मृतकका परिवारलाई ९ लाख ५० हजार रुपैयाँ दाहसंस्कार खर्च उपलब्ध गराएको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा देउमाईका एक हजार सात सय ५४ ज्येष्ठ नागरिकले नगरको तर्फबाट रु ३५ लाख चार हजार पोसाक भत्ता पाएका छन् । देउमाई नगरभित्र स्थायी बसोबास गर्ने ७० वर्ष माथिका सबै ज्येष्ठ नागरिकलाई २ हजारका दरले पोसाक भत्ता उपलब्ध गराइएको हो । उनीहरुलाई नगरपालिकाले वार्षिक रुपमा एकमुष्ठ २ हजारका दरले पोसाक भत्ता उपलब्ध गराएको लेखा अधिकृत एक्तेनले जानकारी दिनुभयो ।
देउमाईले आव २०७९/८० मा १ हजार ५ सय ७६ ज्येष्ठ नागरिकलाई ३१ लाख ५२ हजार रुपैयाँ पोसाक भत्ता उपलब्ध गराएको थियो । यसैगरी नगरपालिकाले आव २०८१/८१ मा दीर्घ रोगी २५ जनालाई उपचार खर्च उपलब्ध गराएको छ । देउमाईले दीर्घ रोगीलाई औषधि खर्चवापत ५ हजारका दरले १ लाख २५ हजार रुपैयाँ उपलब्ध गराएको लेखा अधिकृत एक्तेनले जानकारी दिनुभयो ।
देउमाईले नगरभित्र स्थायीरुपमा बसोबास गरेका दीर्घ रोगीलाई वार्षिक रुपमा एकपटक उपचार खर्च उपलब्ध गराउँदै आएको छ । देउमाइले आव २०७९/८० मा दीर्घ रोगी ४० जनालाई २ लाख रुपैयाँ उपचार खर्च उपलब्ध गराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन