+

युथ एआई इनोभेसन’ को फाइनल झेजियाङमा

काठमाडौँ । चीनको सातौँ राष्ट्रिय ‘युथ एआई इनोभेसन’ प्रतियोगिताको फाइनल शनिबार पूर्वी प्रान्त झेजियाङमा शुरु भएको छ ।

चीनको कम्युनिस्ट युथ लिगको केन्द्रीय समितिका अनुसार दुई दिनसम्म चल्ने प्रतियोगितामा ३१ प्रान्तका साथै हङकङ र मकाउका करिब ७ हजार सहभागीले प्रतिस्पर्धा गर्नेछन् ।

यस वर्षको प्रतिस्पर्धामा १ लाख २० हजारभन्दा बढी सहभागी आकर्षित भएका छन् र यसमा १७ विशेष प्रतियोगिता समावेश छन् । प्रतिस्पर्धीहरूले रोबोट, एप्लिकेसन, प्रोग्राम, अल्गोरिदम डिजाइन, स्मार्ट चिप्स र बिस्तृत कृतिम बौद्धिकता प्रविधि आविस्कार जस्ता क्षेत्रमा आफ्ना नवीन विचार र कुशल प्रदर्शन गर्नेछन् ।

सन् २०१६ मा स्थापना भएदेखि वार्षिक रूपमा हुने प्रतिस्पर्धामा २ लाख ८० हजार भन्दा बढी युवालाई संलग्न भइसकेका छन् । प्रतिस्पर्धाको उद्देश्य युवामा नवीनताको विकास गर्नु र रचनात्मक सोचलाई अगाडि बढाउनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट