
काठमाडौँ । चीनमा फजूल खर्च निरुत्साहित गर्न सामूहिक विवाह समारोह आयोजना गरिएको छ ।
फजुल खर्च निरुत्साहित गर्न सेप्टेम्बर २२ मा सामूहिक विवाह कार्यक्रम आयोजना गरिएको ‘अल चाइन विमिन फेडेरेसन’ ले जनाएको छ । हङकङ, मकाउ र ताइवानका कूल ५ हजार दम्पतीले सामूहिक विवाह समारोहमा भाग लिन सक्ने जनाइएको छ ।
फेडेरेसन लगायत अन्य पाँच संस्थाद्वारा सार्वजनिक लाभ गतिविधिको रूपमा आयोजना गरिएको परम्परागत चिनियाँ विवाह समारोहको उद्देश्य सरल विवाहलाई बढावा दिई असाधारण विवाहको चलनलाई निरुत्साहित गर्नु हो ।
कार्यक्रम बेइजिङमा हुने तथा भिडियोमार्फत देशभरि एकैसाथ समारोह आयोजना गरिने स्रोतले जनाएको छ । सामूहिक विवाहमा भाग लिन इच्छुक जोडीले महासङ्घको आधिकारिक विच्याटमार्फत विवाह प्रमाणपत्रका साथ आवेदन दिन सक्नेछन् ।
नागरिक मामिला मन्त्रालयको तथ्याङ्क अनुसार चीनमा सन् २०२३ मा करिव ७६ लाख विवाह दर्ता भएका छन् । हाल चीनले विवाह दर्ता प्रक्रियालाई सरल बनाएको घोषणा गर्दै दम्पतीले अब विवाहको लागि दर्ता गर्दा दर्ता पुस्तिका प्रस्तुत गर्न आवश्यक नपर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु