
काठमाडौँ । रूसको कुर्स्क क्षेत्रमा स्थानीय तहको निर्वाचन स्थगित भएको छ ।
रूसले युक्रेनी सेनाले २ साताअघि आक्रमण शुरु गरेको कुर्स्क क्षेत्रका सात नगरपालिकाको निर्वाचन स्थगित गर्ने घोषणा गरेको थियो । तर रूसी निर्वाचन आयोगले बुधबार टेलिग्राममार्फत मतदान स्थगित गरिएको जानकारी गराएको छ ।
निर्वाचन आयोगले ‘मतदाताको सुरक्षाको पूर्ण प्रत्याभूति’ भएपछि त्यहाँ मतदान हुने बताएको छ तर अर्को सातादेखि शुरु हुने क्षेत्रीय गभर्नरको निर्वाचन बाँकी क्षेत्रमा योजनाअनुसार नै हुने जनाएको छ ।
पछिल्लो दुई सातामा युक्रेनले रूसको कुस्र्क क्षेत्रमा आफ्नो रूस विरूद्धको प्रत्याक्रमणलाई सुसङ्गठित गर्दै सहयोगी मुलुकबाट प्राप्त हतियारको बलमा आक्रमण शुरू गरेको छ । रूसले कुर्स्क क्षेत्रमा आक्रमणबाट नागरिकको क्षति नहोस् भनी आफ्ना नागरिकलाई सुरक्षित स्थलमा सारिसकेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु