
काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति पदका लागि डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई राष्ट्रपतिको रुपमा स्वीकार्न संयुक्त राज्य अमेरिका तयार रहेको बताउनुभएको छ ।
पूर्वराष्ट्रपति ओबामाले अमेरिकाको सिकागोमा आयोजित डेमोक्रेटिक पार्टीको महाअधिवेशनलाई मङ्गलबार सम्बोधन गदै उपराष्ट्रपति ह्यारिसले अमेरिकी नागरिकको हितका लागि लड्न तयार रहेको र यसका लागि उहाँप्रति आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले अगाडि बताउनुभयो– ‘कमला ह्यारिस यस पदका लागि तयार हुनुहुन्छ । उहाँ आवाजविहिनहरुको आवाज बनेर जीवन बिताउनुभएको व्यक्तित्व हो ।’
‘उहाँ सबै अवस्थामा अमेरिकीहरूको कुरा सुन्न र उनीहरूको लागि काम गर्न तयार हुनुहुन्छ’ ओबामाले ह्यारिसलाई सङ्केत गर्दै भन्नुभयो ।
पूर्वराष्ट्रपति ओबामाले ह्यारिसको उम्मेदवारीको समर्थन गर्दै भन्नुभयो– ‘उहाँ (ह्यारिस) राष्ट्रपति पदका लागि योग्य व्यक्ति हो र यसको मूल्याङ्कन गरेर डेमोक्र्याटिक पार्टी र यसका नेता तथा कार्यकर्ताले अभियानका लागि साथ दिएका हुन् ।
उहाँकी पत्नी मिशेल ओबामाले राष्ट्रपतिका रूपमा ह्यारिसको विजयले सन् २००८ मा बाराक ओबामा राष्ट्रपति हुँदाको हर्सोल्लासको माहोल दोहोरिने विश्वास व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु