+

मोदी र मलेशियाका प्रधानमन्त्री इब्राहिमबीच भेटवार्ता

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच भेटवार्ता भएको छ ।

उहाँहरुबीच मङ्गलबार हैदरावाद हाउसमा भेटवार्ता भएको हो । भेटवार्तामा उहाँहरुबीच भारत र मलेशियाबीच साझेदारीका विभिन्न क्षेत्रमा संलग्नतालाई अझ प्रगाढ बनाउन छलफल भएको बताइएको छ ।

‘साझेदारी रूपान्तरणका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँका मलेशियाली समकक्षी अनवर इब्राहिमलाई हैदरावाद हाउसमा न्यानो स्वागत गर्नुभयो’  विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले एक्समा लेख्नुभएको छ ।  उहाँले अगाडि लेख्नुभएको छ– ‘विभिन्न क्षेत्रमा साझेदारीका संलग्नतालाई अझ प्रगाढ बनाउन र सहकार्यका नयाँ क्षेत्रहरूको खोजी गर्न छलफल अगाडि बढेको छ ।’

यसअघि राष्ट्रपति भवनमा प्रधानमन्त्री मोदीले अनवर इब्राहिमलाई औपचारिक रूपमा स्वागत गर्नुभएको थियो ।  मलेशियाली प्रधानमन्त्रीका रूपमा पहिलो पटक भारत भ्रमणमा आएका इब्राहिम आजै राजधानी नयाँदिल्ली आइपुग्नुभएको हो । 

इब्राहिमले राजघाटमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेपछि पत्रकारसँग बोल्दै भन्नुभयो– ‘मलेशिया र भारतबीचको सम्बन्ध लामो समयदेखि दुवै मित्र राष्ट्र र त्यहाँका जनताका लागि लाभदायक रहँदै आएको छ ।’  उहाँले भन्नुभयो– ‘निश्चित रूपमा, हाम्रो छलफलले दुई देशबीचको घनिष्ठ सहयोगको पक्षलाई जोड दिनेछ साथै यस मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउन सक्ने अन्य क्षेत्रहरूको खोजी गर्नेछ ।’

मलेसियाका प्रधानमन्त्री इब्राहिमले थप्नुभयो– ‘भारत र मलेशियाबीच ऐतिहासिक र सामाजिक–सांस्कृतिक सम्बन्ध प्रगाढ छ । भारतको नयाँदिल्लीस्थित राष्ट्रपति भवन, त्यहाँ आयोजित औपचारिक स्वागत समारोहबाट मलाई सम्मानित गरिएको छ ।’

सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा द्विपक्षीय सम्बन्धलाई उन्नत रणनीतिक साझेदारीको तहमा पुर्याइएको उहाँले स्मरण गर्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट