+

बलात्कार प्रकरण : मेडिकल कलेज तथा अस्पतालमा चिकित्सकको प्रदर्शन जारी

काठमाडौँ । बलात्कार प्रकरणलाई लिएर मेडिकल कलेज तथा अस्पतालमा चिकित्सकको प्रदर्शन जारी छ । 

भारतको पश्चिम बङ्गालराज्यको कलकत्तामा गत अगष्ट ९ तारिखमा महिला सहकर्मीको हत्या र कथित यौन दुव्र्यवहारको विरोधमा विद्यार्थी र जुनियर चिकित्सकहरूले ‘आरजी कर मेडिकल कलेज एण्ड हस्पिटल’मा प्रदर्शन जारी राखेका हुन् । 

चिकित्सकको यो आन्दोलनको प्रभाब देशका अन्य स्थानहरूमा पनि परेको छ ।  चिकित्सकहरूले तेलङ्गाना, तमिलनाडु, उत्तर प्रदेश र मुम्बईलगायतका देशका धेरै शहरहरूमा विरोध प्रदर्शन गरेका छन् । कलकत्ता उच्च न्यायालयको आदेशपछि यो मुद्दा राज्य प्रहरीबाट केन्द्रीय अनुसन्धान ब्यूरोमा स्थानान्तरण गरिएको छ । 

कलकत्ताको आरजी कर मेडिकल कलेजमा ड्युटीमा रहेका बेला एक स्नातकोत्तर प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या गरिएको विरोधमा विद्यार्थी तथा चिकित्सक आन्दोलित बनेका छन् भने चिकित्सा समुदायद्वारा देशव्यापी हडताल र विरोध प्रदर्शन गरिरहेका छन् । 

अगष्ट १४ मा आरजी कर मेडिकल कलेजमा रहेको अस्पताल परिसरमा प्रदर्शन गर्न जम्मा भएको भीडले तोडफोड गरेको थियो भने अस्पतालको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षाकर्मी हवाइ फाएर र अश्रु ग्याससमेत प्रयोग गरी भीडलाई तितरबितर पारेका थिए।

कानून र व्यवस्था कायम राख्न, कलकत्ता प्रहरीले आरजी कार मेडिकल कलेज र अस्पतालको वरिपरि अगस्ट १८ देखि कार्यान्वयन हुनेगरी संविधानको धारा १६३ लागू गरेको छ । 

जारी विरोध प्रदर्शनबीच कलकत्ता प्रहरीले मेडिकल कलेज र अस्पतालको वरिपरि सात दिनको लागि भारतीय नागरिक सुरक्षा संहिता ९सन् २०२३ पहिले सीआरपीसीको धारा १४४० को धारा १६३ लागू गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट