
काठमाडौँ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आइतबार इजरायल पुग्नुभएको छ ।
मध्यस्थहरूले गाजा युद्धविराम सम्झौतालाई बलियो बनाउन खोजिरहेका समय शनिबार हमासका एक वरिष्ठ अधिकारीले वार्तामा ‘अमेरिकी निर्देशन’ स्वीकार्य नहुने बताएका थिए ।
अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूहको आक्रमणपछि गाजा युद्ध शुरु भएयता मध्यपूर्वको नवौँ भ्रमणमा रहेका ब्लिन्केनले आगामी दिनमा कायरोमा युद्धविराम वार्ता शुरु हुनुअघि इजरायली नेताहरूसँग भेटघाट गर्ने अपेक्षा गरिएको छ ।
अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताले १० महिनाभन्दा लामो युद्ध अन्त्यका लागि वार्ता अघि बढिरहेको बताएका छन् भने अमेरिकी राष्ट्रपति जो बाइडेनले वार्ताका लागि ‘हामी पहिलेभन्दा धेरै नजिक छौं’ भन्नुभएको छ ।
यद्यपि, हमासका राजनीतिक ब्युरो सदस्य सामी अबु जुहरीले दोहामा दुई दिनसम्म चलेको वार्तापछि प्रगतिको सङ्केत ‘भ्रम’ भएको एएफपीसँग बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामी कुनै सम्झौता वा वास्तविक वार्ताको सामना गरिरहेको नभई अमेरिकी निर्देशनबारे छलफल गरिरहेका छौं ।’
महिनौंसम्म चलेको युद्धविराम वार्ताको क्रममा विगतमा देखिएका आशासमेत मरेका छन् । जुलाईको अन्त्यतिर हमासका राजनीतिक प्रमुख इस्माइल हनियाहलगायत इरान समर्थित लडाकू नेताहरूको एकपछि अर्को गर्दै भएको हत्या र घेराबन्दीमा परेको गाजा पट्टीमा पोलियोको प्रकोपसँगै मानवीय सङ्कट गहिरिँदै गएपछि यो खतरा बढेको छ ।
मध्यस्थकर्ताहरूले युद्धरत पक्षबीचको बाँकी खाडल कम गर्न प्रस्तावहरू अघि सारेको घोषणा गरेपछि हमासले इजरायलबाट आएको ‘नयाँ शर्त’ अस्वीकार गरेको र मे महिनाको अन्त्यमा बाइडेनले अघि सारेको योजना कार्यान्वयन गर्न आह्वान गरेको थियो ।
ब्लिन्केन शनिबार राति तेल अभिभ प्रस्थान गर्नुअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले हमासमाथि ‘भारी दबाब’ सिर्जना गर्न आह्वान गरेको थियो । प्यालेस्टिनी समूहका साथै केही विश्लेषक र इजरायली प्रदर्शनकारीले नेतन्याहूले आफ्नो कट्टर दक्षिणपन्थी सत्तारूढ गठबन्धनको रक्षाका लागि सम्झौता गरेको आरोप लगाएका छन् ।
‘हामीसँग बन्धकहरूलाई रिहा गर्न, युद्ध अन्त्य गर्न त्यति इच्छुक नरहेका एक जना प्रधानमन्त्री हुनुहुन्छ किनभने उहाँको आफ्नै स्वार्थ छ’ गाजामा रहेका बन्दीहरूलाई घर फर्काउने सम्झौताको माग गर्दै तेल अभिभमा हजारौँले र्याली निकालिरहेका बेला ५३ वर्षीय प्रदर्शनकारी योसीले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु