+

जीर्ण बन्दै औलिया मठ

सुनसरी । चतराधामस्थित २ सय ६० वर्ष पुरानो औलिया बाबा मठका संरचना जीर्ण भएका छन् ।

बराहक्षेत्र नगरपालिका– १ मा  चतरा गुठीको स्वामित्वका ती तत्काल मर्मतसम्भार हुनुपर्नेमा महन्त विनायक पुरीले जोड दिनुभएको छ ।

मठको गद्दीदेखि मूर्तिसम्म गद्दीसम्मका संरचना जीर्ण बनाकाले तत्काल मर्मतसम्भार थाल्नुपर्ने उहाँको माग छ । उहाँले धार्मिक एवं पुरातात्विक महत्वका यस्ता सम्पदा संरक्षणको दायित्व समाजका सबै वर्गको भएको बताउनुभयो । जीर्णोद्वारका लागि गुठी संस्थानलाई पत्राचार गरिएको उहाँले बताउनुभयो । 

महन्त पुरीका अनुसार शिवालयभित्रको स्वर्णजडित शिवलिङ्ग, शिवलिङ्गको स्वर्णजडित नाग, स्वर्णजडित पञ्चमुखी शिवलिङ्ग, सङ्गमर्मरद्वारा निर्मित औलिया बाबाको मूर्ति, पत्थरको द्वारा निर्मित अष्टभूजा  भैरवको मूर्ति, औलिया बाबाको गद्दी तत्काल जीर्णोद्वार गर्नुपर्ने भएको छ । धर्मशास्त्रले खण्डित मूर्ति पूजा गर्न नहुनेमा जोड दिएको उहाँले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै