
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाले सफाइ बराहक्षेत्र अभियानलाई निरन्तरता दिएको छ । अभियानअन्तर्गत बराहक्षेत्र मुख्य चोक, मठमन्दिर, धर्मशाला, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक क्षेत्रमा सरसफाइ थालिएको छ ।
नगर प्रमुख रमेश कार्कीले बराहक्षेत्र चतराधाममा रहेको बराहक्षेत्र मन्दिरमा भक्तजनको चहलपहल धेरै हुने भएकोले मन्दिर क्षेत्रमा सरसफाइमा ध्यान दिएको बताउनुभयो । अभियानमा सबै नगरवासीको साथ र सहयोग आवश्यक रहेको आर्थिक विकास संयोजक तेकबहादुर गुरुङ्ले बताउनुभयो । उहाँले भन्नुभयो– ‘हाम्रो बराहक्षेत्र राम्रो बराहक्षेत्र बनाउनुपर्नेमा सबै लागिपर्नुपर्छ ।’
अभियानको क्रममा पछिल्लो समय डेङ्गुको सङ्क्रमण बढ्दै गएकोले नगरपालिकाले सडकको सरसफाइ र डेङ्गुको लार्भा नष्ट गर्दै आफ्नो घर अगाडि फोहर व्यवस्थापन गर्न थालिएको छ । साथै पानी जम्ने खाल्टाखुल्टीमा पानी जम्न नदिन सबै नगरवासीलाई नगरपालिकाले अनुरोध गर्दै आएको छ ।
अभियानमा स्थानीयवासी, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, राजनीति दलका नेता ,स्थानीय सङ्घ संस्था , नेपाल प्रहरी र नगरप्रहरी लगायतको सहभागिता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन