+

पहिरोपीडितलाई अस्थायी बसोबासको व्यवस्था

उदयपुर । त्रियुगा नगरपालिका–१५ खाँबुस्थित तोरीबारीमा गत असार २४ गते गएको पहिरोबाट पीडित बनेका १५ घर परिवारलाई नगरपालिकाले अस्थायी बसोबासको तयारी शुरु गरेको छ ।

नगरपालिकाले त्यही वडाको हुबास क्षेत्रमा नगरपालिका तथा केही व्यक्तिका नाममा रहेको जग्गा भाडामा लिएर अस्थायी टहरा निर्माण गर्न लागेको जनाइएको छ । नगरपालिकाबाट बाँससहित टहर निर्माण र पाल तथा टिन उपलब्ध गराएर अस्थायी टहरा निर्माणको तयारी भइरहेको हो । 

उहाँका अनुसार पहिरो पीडितलाई अहिलेसम्म नगरपालिका–१५ को खाँबु तथा रानीबास विद्यालयमा राखिकामा विद्यालय सञ्चालन भएकाले अन्यत्र सार्न लागिएको हो । पहिरामा परी एकको मृत्यु र अन्य दुई घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै