
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्र विकास समिति अब कोशी प्रदेश सरकार मातहत रहने भएको छ ।
यसअघिसम्म त्यो समिति सङ्घीय सरकार मातहतमा रहेको थियो । कोशी प्रदेश सरकारले पाथीभरा क्षेत्र विकास समिति गठन आदेश, २०८१ जारी गर्दै समितिलाई प्रदेश सरकारको संस्कृति र पुरातत्व मन्त्रालयअन्तर्गत राख्ने निर्णय गरेको हो । त्यो आदेश प्रदेश सरकार, मन्त्रिपरिषद्को २०८१ असार ३० गतेको बैठकले स्वीकृत गरेको हो ।
कोशी प्रदेश सरकारले जारी गरेको पाथीभरा क्षेत्र विकास समिति गठन आदेश, २०८१ अनुसार पाथीभरा क्षेत्रको चार किल्ला निर्धारण गरिएको छ । पूर्वमा सिरिजङ्ग गाउँपालिका–३ को हर्कटे डाँडादेखि फुङ्लिङ नगरपालिकाको वडा नं ११ फावाखोला सिम्बुसम्मको सम्पूर्ण भागलाई समितिभित्र राखिएको छ ।
पश्चिममा फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम र वडा नम्बर ४ तापेथोकको पाथीभरा मन्दिरबाट तीन किलोमिटर क्षेत्रभित्रको सम्पूर्ण क्षेत्रलाई पाथीभरा क्षेत्रमा राखिएको छ । उत्तरमा फक्ताङ्लुङ गाउँपालिका–४ र सिरिजङ्गा गाउँपालिकाको वडा नम्बर ३ र ६ को सीमा क्षेत्र यसमा समेटिएको छ ।
दक्षिणमा फुङ्लिङ नगरपालिका–१० फुरुम्बुको गडीडाँडा, वडा नम्बर ९ को देउराली, वडा नम्बर ६ को सुकेटार सानो पाथीभरा उत्तरको सम्पूर्ण क्षेत्र र पाथीभरा याङवरक गाउँपालिका–३ को दुधीले पश्चिम फुङ्लिङ नगरपालिकाको सीमाना समेटिएको छ ।
नयाँ गठन आदेशअनुसार, पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष प्रदेश सरकारको सिफारिसमा नियुक्त हुनेछ । यसअघि सङ्घीय संसद्का सदस्य समितिमा रहने प्रावधानलाई संशोधन गर्दै अब प्रदेशसभाका सदस्यहरू पाथीभरा क्षेत्र विकास समितिमा रहने व्यवस्था गरिएको छ ।
समितिमा प्रमुख जिल्ला अधिकारी, सम्बन्धित पालिकाका प्रमुख वा अध्यक्ष, तथा समाजसेवी, बुद्धिजीवी र प्रतिष्ठित व्यक्तिमध्येबाट तीन जना सदस्य रहने छन् । यी सदस्यहरूको नियुक्ति प्रदेश सरकारको सिफारिसमा चार वर्षका लागि हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन