+

कञ्चनजङ्घामा हिउँचितुवाको आक्रमण बढ्दो

ताप्लेजुङ । जिल्लामा हिउँचितुवाले चौँरी तथा याकलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ ।  

गत वर्ष आर्थिक वर्ष २०८० र ८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट निस्केका चितुवाले किसानले गोठमा पालेका १६  याक मारिदिएको थियो । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका अनुसार फक्ताङलुङ गाउँपालिका–७ याङ्माका आङ्मु शेर्पा, गोम्बो शेर्पा, नाम्ग्या शेर्पा, छिरिङ शेर्पा, झम्जुक शेर्पा, छिमिदोर्जे  शेर्पा, छेतेन टासी शेर्पा, भोमो शेर्पा र तेन्जिङ शेर्पाले पालेको याक हिउँचितुवाले आक्रमण गरी क्षति पुर्याएको हो । उच्च हिमाली क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेका याक पालन नै रहेको छ ।  
कार्यालयका सचिव मनकुमार लिम्बूले हिउँचितुवाबाट आक्रमण भई क्षति भएका याकको प्रविधिक अध्ययनपछि किसालाई ४० हजार रुपैयाँदेखि १ लाख २० हजार रुपैयाँ क्षतिपूर्ति तथा राहत उपलब्ध गराएको बताउनुभयो । 

उहाँका अनुसार आव २०८०÷८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रका किसानले गोठमा पालेको १६ याक हिउँचितुवाले मारेको छ । परिषद्ले ती  याकको क्षतिपूर्ति तथा राहतका लागि ५ लाख ५ हजार रुपैयाँ किसानलाई उपलब्ध गराएको थियो । 

त्यस्तै कञ्चजङ्घा संरक्षण क्षेत्रअन्तर्गत सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिन क्षेत्रमा चितुवाको आक्रमणबाट दुई–दुई  गोरु र फक्ताङलुङ–५ को हिमाली क्षेत्रमा चारवटा बाख्रा आक्रमणबाट क्षति भएको परिषद्ले जनाएको छ ।  परिषद्का अनुसार दुईवटा गोरु चितुवाले क्षति गरेवापत  ५० हजार र चारवटा बाख्रा क्षति गरेवापत  ३० हजार रुपैयाँ राहत उपलब्ध गराएको छ ।

त्यस्तै सिरिजङ्घा–८ का मोहन राईको याक भालुले आक्रमण गरी खाइदिएको छ । याकपालक राईलाई परिषद् कार्यालयले  ४५ हजार रुपैयाँ राहत उपलब्ध गराएको छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले  गरेको अध्ययनअनुसार सन् २०१५ मा कञ्चनजङ्घा क्षेत्रमा २४ हिउँचितुवा पाइएको छ । यसपछि हिउँचितुवाको गणना भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै