
सङ्खुवासभा । यहाँको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाको पहिरोबाट विस्थापित ५५ परिवारको घर निर्माण रोकिएको छ ।
विसं २०७७ असार २८ गतेको पहिरोले सिलिचोङ–१ बेसिन्दाका ९७ परिवार विस्थापित भएका थिए । पहिरोबाट विस्थापित बेसिन्दाका ५५ परिवारको खाँदबारी नगरपालिका–७ स्थित भैरे डाँडामा घर निर्माण थालिए पनि गत माघदेखि निर्माण रोकिएको हो । घर निर्माण हुन नसक्दा पहिरो पीडित अझै पालमा कष्टपूर्ण जीवन बिताउन बाध्य छन् ।
समयमा घर निर्माण हुन नसक्दा विस्थापितको चार वर्षसम्म पुनःस्थापना हुनसकेको छैन । जिल्ला विपद् ब्यवस्थापन समितिको खातामा रकम प्राप्त नभएपछि गत माघबाट घर निर्माण रोकिएको खाँदबारी नगरपालिका–७ का कार्यवाहक वडाध्यक्ष झलक कुसुलेले बताउनुभयो । सरकारले घर निर्माणका लागि उपलब्ध गराउने ५ लाख रुपैयाँ जिल्ला विपद् ब्यवस्थापन समितिलाई प्राप्त नहुँदा घर निर्माण रोकिएको कार्यवाहक वडाध्यक्ष कुसुलेको भनाइ छ । उहाँका अनुसार ५५ घरमध्ये २५ घरको ५० प्रतिशत बढी काम सकिएको छ । अन्य घरको २५ प्रतिशत काम भएको छ ।
पहिरोबाट विस्थापित भएको दुई वर्षपछि पहिरो पीडितको घर निर्माण थालिएको थियो । घर निर्माण रोकिएपछि अस्थायी टहरामा बस्दै पीडित परिवार थप पीडामा परेका हुन् । पीडितका लागि सङ्घीय सरकारले ६०, प्रदेश सरकारले ३० र स्थानीय सरकारले १० प्रतिशत बजेट उपलब्ध गराउने निर्णय भएको थियो ।
पहिरो पीडितको आवास निर्माणका लागि रु पाँच लाख ५० तोकिएको थियो । उक्त रकम प्राविधिकको मुल्याङ्कनअनुसार तीन किस्तामा भुक्तानी गरिने सम्झौता भएपनि हालसम्म ५० हजार रुपैयाँ मात्र भुत्तानी पाएको पीडितको भनाइ छ । भैरे डाडाँमा ५५ परिवारका लागि ६९ रोपनी जग्गा एक करोड ३० लाखमा खरिद गरिएको थियो । पहिरोबाट विस्थापित ९७ परिवारमध्ये २५ घर चित्रे, १२ घर बखल्टुमटार र ५५ घर खाँदबारीमा अस्थायी टहरामा बसिरहेका छन् ।
पहिरो पीडितका लागि चित्रेमा ५१ दशमलब पाँच रोपनी ७० लाख रुपैयाँ र बखल्टुममा १७ दशमलव पाँच रोपनीे ३४ लाख रुपैयाँमा खरिद गरी संयुक्त रुपमा रजिस्ट्रेशन पास गरिएको छ । यहाँका नौ घर पहिरोले बगाउँदा ११ जना बेपत्ता भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन