नेपाल र कतारबीच ८ क्षेत्रमा सहकार्य गर्ने समझदारी
१२ वैशाख २०८१, बुधवार
काठमाडौँ । नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवाभोज आयोजना गर्नुभएको छ । वार्तामा विभिन्न ८ विषयमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ ।