अन्तर्वार्ता

निर्वाचन प्रणाली व्यक्तिले चुनाव लड्ने जस्तो भयो : सांसद राठौर

नेपालगञ्ज । नेपाली कांग्रेसका सहमहामन्त्री राठौर बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुनुहुन्छ । नेपाल विद्यार्थी सङ्घमा आवद्ध भएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका सिंह पछिल्लो समय नेपाली कांग्रेसका विभिन्न पदमा रहेर कार्यरत हुनुहुन्छ । उहाँ भन्नुहुन्छ– नेपालमा संसदीय अभ्यास लामो छैन । लामो संसदीय अभ्यास गरिसकेको भारतसमेतका धेरै प्रजातान्त्रिक मुलुकमा पनि विकृति देखिएका छन् । हाम्रो मुलुक त भर्खरै गणतन्त्रसहितको संसदीय अभ्यासमा छ, तर यसको विकल्प पनि छैन । हामीले यसलाई परिमार्जित गरेर र अझ समुन्नत बनाएर लैजानुपर्ने आवश्यकता छ ।