+

एक हजार ६ सयले बढ्यो सुन

काठमाडौँ । सुनको भाउ आज तोलामा १ हजार ६ सय रुपैयाँले बढेको छ ।  सुनको भाउ बिहीबार अघिलाो कारोबारको तुलनामा प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार  बुधबार प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँ कारोबार भएको छापावाल  सुन आज १ लाख ४४ हजार ३ सय रुपैयाँ पुगेको छ ।  यसैगरी बुधबार प्रतितोला १ लाख ४२ हजार रुपैयाँ रहेको तेजावी सुन आज १ लाख ४३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । 

आज चाँदीको मूल्य समेत तोलामा ४० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला १ हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८ सय ६५ रुपैयाँ पुगेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै