+

बचतसँगै व्यवसायमा जोडिँदै महिला

कैलाली । कैलालीको टीकापुर नगरपालिका– ७ की विपना गुरुङ पुनमगरका श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो । श्रीमान्ले विदेशमा कमाउने तथा सपनाले घर व्यवस्थापन गर्ने कार्य निरन्तर चलिरह्यो । सपनालाई बचत गर्नुपर्छ, आफूले पनि केही काम गर्नुपर्छ भन्ने कहिल्यै लागेन । श्रीमान्ले कमाउने, सपनाले खर्च गर्ने चलिरह्यो । 

केही महिनाअघि सुरक्षित आप्रवासन ९सामी० कार्यक्रमले चलाएको वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि विपनाको दैनिकी भने फेरियो । उहाँले श्रीमान्को कमाइ बचत गर्न थाल्नुभयो । तरकारी खेती र बाख्रापालन थाल्नुभयो । उहाँले कमाइको केही अंश बचेतसमेत थाल्नुभयो । 

“साक्षरता कक्षाबाट धेरै सिकाइ भयो, बचत गर्ने, फजुल खर्च नगर्ने तथा परिवारमा मेलमिलाप कसरी गर्ने भन्नेबारे ज्ञान पाए”, विपना भन्नुहुन्छ, “हरेक खर्च र आम्दानीको हिसाब राख्न थाले । दैनिक हिसाबकिताब लेखेर राख्दा घरमा मेलमिलाप र शान्ति भयो ।”

विपनाका श्रीमान् अहिले विदेशबाट घर फर्कनुभएको छ । विगतमा सीप नसिकेर रोजगारीमा गएका श्रीमान्लाई सीप सिकेर विदेश पठाउने तयारीमा उहाँ हुनुहुन्छ । “सीप सिकेर, सम्बन्धित काममा जाने सल्लाह भएको छ”, विपनाले भन्नुभयो, “अहिले मैले पनि तरकारी खेती, कपडा सिलाउने काम र बाख्रापालन थालेकी छु । अब घरखर्चका लागि तनाव छैन ।”

टीकापुर–७ बैदीकै जमुना साउँद पनि साक्षरता कक्षामा सहभागी भएपछि पैसाको महत्व बुझेको बताउनुहुन्छ । घरमा मेलमिलापका लागि बचत गर्नुपर्ने रहेछ भन्ने सिकाइ भएको उहाँको बुझाइ छ । “महिलाले वित्तीय हिसाबकिताब राख्न र फजुल खर्च घटाएपछि घरमा पनि शान्ति हुन्छ”, उहाँ भन्नुहुन्छ, “हरेक दिन बेलुका दिनभरिका काम र खर्चबारे छलफल हुने गरेको छ । अहिले मैले पनि बाख्रापालन व्यवसाय पनि सुरु गरेकी  छु ।”

टीकापुर–४ की सविता चौधरी पनि हिसाबकिताब राख्न र श्रीमान्को विदेशको कमाइ कसरी बचत गर्ने भन्नेबारेमा सिकाइ भएको बताउनुहुन्छ । “जति रकम पठाए पनि हिसाब राख्ने गरेकी थिइन, कुन महिना कति खर्च भयो थाहै हुँदैन थियो”, उहाँले भन्नुभयो, “अहिले सबै हिसाब राख्दा सहज भएको छ । मैले तरकारी खेती पनि गरिरहेकी छु ।”

वैदेशिक रोजगारीमा गएका व्यक्तिको विदेशमा कति वर्ष बसाइ हुन्छ रु कति कमाइ हुन्छ रु विदेशमा केही वर्ष कमाएको रकम बचत गरेर, सदुपयोग गरेर सम्पत्ति थपेमा भविष्यमा आइपर्ने समस्या समाधान गर्न सकिनेमा महिलाहरु सचेत बन्न थालेका छन् । अझ विदेशको कमाइलाई सदुपयोग गरी वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यसमेत कामकाजी भएमा घरखर्च यही कमाइ गरी चलाउन सकिन्छ र केही बचतसमेत गर्न सकिन्छ भनी महिला व्यवसायसँग जोडिन खोज्दैछन् ।

साक्षरता कक्षामा सहभागी महिलाले विदेश जाँदा चाहिने कागजातबारे ज्ञान भएको, श्रम स्वीकृति र कानुनी प्रावधानबारे सिकाइ भएको बताएका छन् । यसका साथै परिवार व्यवस्थापन, कामको बाँडफाँट, आम्दानी र खर्चबारे सिकाइ भएको उनीहरु बताउँछन् । टीकापुरकी मीनाकुमारी विष्ट बालबालिकाको शिक्षा आर्जन र परिवारको आम्दानी बढाउन, सम्पत्ति जोड्न वित्तीय लक्ष्य हुनुपर्नेमा सचेत बनेको बताउनुहुन्छ । 

“हरेक परिवारको वित्तीय लक्ष्य हुनुपर्छ । हाम्रो समाजमा घरका एक पुरुष विदेशमा कमाउने, अरु सबै बसेर खाने चलन छ”, उहाँले भन्नुभयो, “त्यसो गर्न हुँदैन । घरका सबैले आर्थिक आयआर्जन हुने काम गर्नुपर्छ ।”

सामी कार्यक्रमले कैलालीको टीकापुर, घोडाघोडी नगरपालिका, जानकी गाउँपालिका र धनगढी उपमहानगरपालिकामा काम गरिरहेको छ । आप्रवासन परियोजना नेपालमा सन् २०११ देखि सञ्चालनमा छ । कार्यक्रमले वैदेशिक रोजगारमा जाने सम्भावित कामदार, वैदेशिक रोजगारमा रहेका कामदार, वैदेशिक रोजगारबाट फर्केका कामदार र वैदेशिक रोजगारमा रहेका कामदारका परिवारका सदस्यलाई सेवा दिने गरी काम गर्दै आएको  छ । कार्यक्रमले सूचनामा पहुँच, सीपमा पहुँच, न्यायमा पहुँच, वित्तीय साक्षरता र मनोसामाजिक परामर्श दिने काम गर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै