+

फेरि बढ्यो सुन, मूल्य अहिलेसम्मकै उच्च

काठमाडौँ । सुनको भाउ आज फेरि बढेको छ । 

सुनको भाउ बिहीबार प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  महासंघको अनुसार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

छापावाला सुन बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयँँमा कारोबार भएको थियो । बुधबार प्रतितोला  १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख ४३ हजार ३ सय रुपैयाँ पुगेको छ । 

आज चाँदीको मूल्य समेत तोलामा २५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार बुधबार प्रतितोला १ हजार ८ सय २५ रुपैयाँ रहेको चाँदी आज १ हजार  ८ सय ५० रुपैयाँ भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै