
काठमाडौँ । दुई दिने भ्रमणका लागि नेपाल आउनु भएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेल र अमिर थानीबीच शीतल निवासमा भेटवार्ता भएको हो ।
शीतल निवासको गण्डकी हलमा शुरु भएको भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सवारी व्यवस्थापनको जिम्मेवारीमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्तेत लगायत विशिष्ट पदाधिकारीहरु संलग्न हुनुहुन्छ । उहाँहरुबीच द्विपक्षीय हित र चासोसहित कूटनीतिक सम्बन्धका विषयमा छलफल हुने बताइएको छ ।
कतारका अमिर अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै शीलत निवास पुग्नुभएको थियो । यसअघि, विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विशिष्ट पदाधिकारीहरुले अमिर अल थानीलाई स्वागत गर्नुभएको थियो ।
अमिर थानीको सम्मानमा राष्ट्रपति पौडेलले आजै रात्रिभोजको आयोजना गर्नुहुने कार्यक्रम छ । कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भोलि बुधबार द्विपक्षीय वार्ता हुने कार्यक्रम छ ।
राष्ट्रपति पौडेलको निमन्त्रणामा कतारका अमिर अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा आजै काठमाडौँ आउनुभएको हो ।
सम्बन्धित समाचार...
कतारका अमिर शीतल निवासमा, राष्ट्रपतिसँग भेटवार्ता
कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलद्वारा स्वागत
भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
कतारका राजालाई सेनाको कमान्डमा विशिष्ट श्रेणीको सुरक्षा
यस्ता छन् नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु
अमिरको स्वागतमा सिँगारियो काठमाडौँ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै