+

खाल्डाखुल्डी पुर्न वडा कार्यालयलाई पालिकाको ‘कर्मकाण्डी’ निर्देशन

भत्तपुर । विगत एक बर्षदेखि सडक भत्किएर सवारीचालक र यात्रुले समस्या भोगिरहेको समाचार नेपालकैरनमा प्रकाशित भएपछि सूर्यविनायक नगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्न ५ नम्बर वडा कार्यालयलाई ‘कर्मकाण्डी’ निर्देशन दिएको छ ।

नगरपालिकाको ठिक सामुन्नेको सडकको दुरावस्थाका बिषयमा बुधबार नेपालकैरनले समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि नगरपालिकाका उपप्रमुख सरिता तिमसिना (भट्टराई)ले सडकका खाल्डापुर्न वडा कार्यालयलाई निर्देशन दिइएको प्रतिक्रिया दिनुभएको छ । 

बुधबार टेलिफोन सम्पर्कमा समेत नआउनुभएकी उपप्रमुखले समाचार प्रकाशित भएपछि नेपालकैरनसंग कुरा गर्दै वडाभित्रका सडकका खाल्डा पर्नु निर्देशन दिएको बताउनुभएको हो । 

‘भत्किएर हिड्न असहज भएका सडकलाई प्राथमिकतामा राखेर मर्मत गर्न वडा कार्यालयलाई निर्देशन दिएका छौँ । बजेट न्यून भएकाले प्राथमिकताका आधारमा सडकको मर्मत तथा दीर्घकालीन ब्यावस्थापन गर्न वडाअध्यक्षहरुलाई भनिसकेका छौँ ’ पालिका उपप्रमुख भट्टराईले भन्नुभयो ।

सूर्यनिवायक नगरपालिकाको कार्यालबाट बाइजुटार जाने सडकका विभिन्न स्थानमा  एक वर्षदेखि सडक भत्किएर कन्तविजोग भएको छ । सडक भत्किएका कारण एकै स्थानमा अहिलेसम्म २५ पटक भन्दा धेरै सवारी दुर्घटना भएका छन् । साना सवारी साधन तथा पैदलयात्री हिड्न समेत समस्या भएपनि नगरपालिकाले आफ्नै गेट अगाडिको यो दुर्दशा रमिता हेरेर बसिरहेको स्थानीय शंकर कार्कीको गुनासो छ ।

आफ्नै गेट अगाडिको सडकको यस्तो दुरावस्थामा नगरपालिका भने टुलुटुलु रमिता हेरेर बसिरहेको छ । नगरपालिकाले सडक मर्मतका लागि वडा कार्यालयलाई निर्देशन दिनु बाहेक अहिलेसम्म ठोस प्रक्रिया अगाडि बढाएको पाइएको छैन । 
   

सम्बन्धित समाचार...

एक वर्षदेखि आफ्नै आँगनको सडकमा भ्वाङ , पालिकाको छैन ध्यान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै