
भक्तपुर । सूर्यविनायक नगरपालिकाको कार्यालयको ठिक सामुन्नेबाट बाइजुटार जाने सडक खाल्डैखाल्डा परेर सवारी गुड्नै नमिल्ने अवस्थामा पुगेको छ । एक वर्षदेखि विजोग अवस्थामा रहेको सडकमा चालक तथा पैदलयात्रीले सास्ती खेप्दै आए पनि नगरपालिकाले मर्मत संहारमा चासो देखाएको छैन ।
बाइजुटार जाने सडकको विभिन्न स्थान अघिल्लो जेठदेखि कन्तविजोग भएको हो । सडक भत्किएका कारण सवारी दुर्घटनाको जोखिम बढेको छ । साना सवारी साधन तथा पैदलयात्री हिड्न समेत समस्या भइरहेको छ ।
आफ्नै गेट अगाडिको सडकको यस्तो दुरावस्थामा नगरपालिका भने टुलुटुलु रमिता हेरेर बसिरहेको छ । नगरपालिकाले सडक मर्मतका लागि अहिलेसम्म प्रक्रिया अगाडि बढाएको पाइएको छैन ।
‘नगरपालिककै आँगनमा सडकको यो दुर्दशाको रमिते साक्षी भएर नगरप्रमुखदेखि वडाअध्यक्षहरु दैनिक ओहोरदोहोर गर्छन्, तर सडकको यो समस्यालाई समाधान गर्न कुनै पहल गरेका छैनन् ।’ ‘यो आम मतदाताको आपमान हो, नगरपालिकाले जनतामाथि सरासर उपेक्षा गरेको हो, स्थानीय हुत्तराज पौडेल भन्नुहुन्छ ।
आफ्नै कार्यलय अगाडिको सडक मर्मतका लागि नगरपालिकाले कुनै चासो नदिनु भनेको नगरको विकास र सुशासनमा पालिकाको कार्यशैली वर्तामान अवस्थालाई झल्काउने ऐन पनि हो, सडकको यो दुर्दशा देखेर आजित भएका एक स्थानीय ब्याङग गर्छन्,‘कमिसन आउने ठेक्कापट्टाको काम भएको भए तुरुन्तै काम हुन्थ्यो होला, यो त केवल जनतालाई परेको पिरमर्का हो, पालिकाले किन ध्यान दिने ?’
पालिकाको आगनमै सडकको यो दुर्दशा किन ? भनेर नेपालकैरनले नगरपालिकाका उपप्रमुख सरिता तिमसिना (भट्टराई)लाई प्रश्न गर्यो । मोवाइलमा सम्पर्क गर्दा उहाँले प्रश्न सोध्ने वित्तिकै फोन काट्नु भयो । त्यसपछि गरेको फोन तथा म्यासेजको कुनै रेस्पोन्स गर्नुभएन । उपप्रमुखले वेवास्ता गरेपछि प्रवत्ता रविन्द्र सापकोटालाई सम्पर्क गर्दा उहाँसंग सम्पर्क हुन सकेन ।
यसरी नगरपालिको आगानमै महिनौ दिन देखि सडक प्रयोगकर्ता स्थानियले पाएको दुःख र हैरानीलाई सम्बोधन गर्न समेत नगरपालिका तयार नहुनुले नगरको विकासमा नगरपालिकाको रबैया ऐनाजस्तै छर्लङ बनाएको स्थानीयको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु