
पर्सा । हिन्दू धर्मावलम्बीले वीरगञ्जमा पनि मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव शोत्रायात्रासहित मनाएका छन् ।
रामजानकी मन्दिर तदर्थ समितिको आयोजनामा मुलुकका अन्य ठाउँमा जस्तै वीरगञ्जको घडीअर्वा पोखरीमा रहेको रामजानकी मन्दिरमा पनि आज बिहान धार्मिक कार्यक्रमसहित रामनवमी एवं शोभायात्रा महोत्सव आयोजना गरिएको हो ।
रामजानकी मन्दिरका मूल पुरोहित शम्भुनाथ तिवारीले मुलुकको अन्य ठाउँमा जस्तै वीरगञ्जको रामजानकी मन्दिरमा पनि भव्य कार्यक्रमसहित मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव दिनभर विभिन्न कार्यक्रम गरेर मनाइने बताउनुभयो ।
‘हामीले धार्मिक परम्पराअनुसार नै श्रीराम भगवान्को जन्मोत्सव मनाउँदैछौँ’ उहाँले भन्नुभयो– ‘गत माघ ८ गते भारतको अयोध्या मन्दिरमा जस्तै वीरगञ्जको घडीअर्वा पोखरीसँगै रहेको रामजानकी मन्दिरमा रामदरबार तथा बजरङ्गबली प्रतिमाको प्राण प्रतिष्ठा गरिएको थियो । यसले गर्दा पनि यसको पनि छुट्टै महत्व बढाइरहेको छ ।’
वीरगञ्ज महानगरपालिका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जलाई धार्मिक पर्यटकीयस्थलका रूपमा स्थापित गर्ने हेतुले विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । ‘ओझेलमा परेका धार्मिकस्थलको जीर्णोद्धार गरेर विभिन्न पर्व तथा मेला आयोजना गर्दै आएका छौँ । यसले एकातर्फ सामाजिक सद्भाव बढाउने काम गरिरहेको छ । अर्कोतर्फ स्वदेशी तथा छिमेकी मुलुक भारतका पर्यटकको कसरी पर्सामा बसाइ लम्ब्याउनेतर्फ केन्द्रित हुँदै आएका छौँ ।’
शोभायात्रा झाँकीसहित बिहान ७ बजे निकालिएको थियो । शोत्रायात्रा वीरगञ्जका मुख्य बजार क्षेत्र परिक्रममा गरेर मन्दिर प्राङ्गणमा आएको थियो । मन्दिरका मूल पुरोहितले बिहानैदेखि धार्मिक परम्पराअनुसार पूजाआजा गरेको बताउनुभयो । यो मन्दिर ७५ वर्षअघि स्थापना भएको बताइएको छ । रामजानकी मन्दिर तदर्थ समितिका अनुसार मध्याह्न १२ बजे प्रसाद वितरण कार्यक्रम छ भने अपराह्न ४ बजे रामायण झाँकी हुनेछ । साँझ ६ः३० बजे आरती समाप्तिपछि प्रसाद वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ विदेशीसहित ५२ जना पक्राउ
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी