+

रास्वपाका सांसदहरु निलो रिबन लगाएर संसदमा आएकोमा कांग्रेसको नियमापत्ति

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई सदनबाट निष्कासन गर्न माग गरेको छ। सोमबार प्रतिनिधिसभा बैठकमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा सांसदले मर्यादित पोसाक नलगाएको भन्दै सदनबाट निष्कासन गर्न माग गर्नुभएको हो । 


घिमिरेले भन्नुभयो, ‘यो संसदमा केही माननीय सदस्यहरूले जुन स्कार्फ लगाएर आउनुभएको छ, यो मर्यादित पोसाकभित्र पर्छ कि पर्दैन ? भोलि कोही हाफपाइन्ट मात्र लगाएर आउने, कोही जथाभावी ड्रेसमा आउने गर्न थाल्यो भने संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने ?’

रास्वपा सांसदहरूले आज संसदमा निलो रिबन लगाएर मानव तस्करीको विरोध गरेपछि घिमिरेले पोसाक अमर्यादित भएको भन्दै सांसदहरूलाई निष्कासनको माग गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट